मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८८ करोड बढी बजेट रहेको ‘एलईडिपी’ कार्यक्रमका लागि छानियो बाणगंगा, लुम्बिनीबाट अरु यी छानिए

८८ करोड बढी बजेट रहेको ‘एलईडिपी’ कार्यक्रमका लागि छानियो बाणगंगा, लुम्बिनीबाट अरु यी छानिए

अपि टाइम्स

भुपाल थापा, कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका सहित लुम्बिनीका १५ स्थानीय तह छनौट भएका छन् ।

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०र०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तुको बाणगंगा नगरपालिका सहित १५ वटा स्थानीय तह छनौट भई स्थानीय आर्थिक विकास कार्यक्रम ९एलईडिपी० संचालन हुनेछ । लुम्बिनीमा यस कार्यक्रम लागू हुने धेरै ६ वटा स्थानीय तहहरु छनौट हुनेहरुमा गुल्मी जिल्ला रहेको छ । गुल्मीका धुर्कोट गाउँपालिका, रेसुंगा नगरपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, चन्द्रकोट गाउँपालिका, इस्मा गाउँपालिकामा यस कार्यक्रम लागू हुनेछ ।

दाङ्गका तीन स्थानीय तहहरु समेत कार्यक्रम संचालन हुने स्थानीय तहमा छनौट भएका छन् । दाङ्गका दंगीशरण गाउँपालिका, घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिकामा नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन हुने जनाइएको छ ।

यस्तै पाल्पाको तानसेन नगरपालिका, प्युठानको मल्लरानी गाउँपालिका, रुपन्देहीको तिलोत्तमा गाउँपालिका, रुकुम पूर्वको भूमे गाउँपालिका, बर्दियाको मधुवन नगरपालिका लगायतका स्थानीय तहहरुमा नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन हुने मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले दिए ।

उनका अनुसार २४२ वटा स्थानीय तहले निवेदन दिएका थिए । तर, कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका लुम्बिनीका १५ सहित सातै प्रदेशबाट १०४ वटालाई छानिएको हो ।

सामान्य प्रशासन मन्त्री अनिता देवी आफैँले निर्णय गरेर छनोट गरेकी हुन् । छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको जानकारी सापकोटाले दिए ।