मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

अपि टाइम्स

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) युगाण्डा जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो । मन्त्रिपरिषद्मा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतका अनुसार बैठकले ग्रिन हाइड्रोजन नीति पास गरेको छ ।