मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आकाशे पुलमा ब्यानर राख्नेलाई ५० हजार जरिबाना

आकाशे पुलमा ब्यानर राख्नेलाई ५० हजार जरिबाना

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

महानगरका अनुसार ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको पाइएपछि विज्ञापन गर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

नगर प्रहरीका स्टोर इन्चार्ज राजन कार्कीका अनुसार ब्यानर राख्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई सो रकम बराबर जरिबाना गरिएको हो ।

‘उहाँहरुले पुलमा विज्ञापनका लागि लगाएको ब्यानर निश्चित समयपछि हटाउने, ब्यानर र पोस्टरकै कारण फोहोर नदेखिने गरी जिम्मा लिनुभएको हो । तर, त्यस्तो नदेखिएपछि आज कारबाही स्वरुप जरिबाना तिराइएको हो,’ उनले भने ।