मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानले इरानमाथि गरेको आक्रमणमा ९ जनाको ज्यान गयो

पाकिस्तानले इरानमाथि गरेको आक्रमणमा ९ जनाको ज्यान गयो

अपि टाइम्स

काठमाडौँ । पाकिस्तानले इरानमाथि जवाफी आक्रमण गरेको छ । इरानले पाकिस्तानमाथि आक्रमण गरेको एक दिनपछि आज पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

पाकिस्तानले गरेको आक्रमणमा ३ महिला, ४ बालबालिका र २ पुरुष गरी ९ जनाको ज्यान गएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

इरानले हिजो पाकिस्तानमा आतङ्कवादी सङ्गठन जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा २ जना बालबालिकाको ज्यान गएको थियो र ३ जना बालबालिका घाइते भएका थिए ।

यसैबीच इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने बताउनुभएको छ । यस्तै अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । अमेरिकी विदेशी मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इरानले पछिल्ला केही दिनमा आफ्ना ३ छिमेकीको सार्वभौम सीमा उल्लङ्घन गरेको बताउनुभएको छ ।