मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धलाई भजाएर मुर्तिमा घिनलाग्दो राजनीति, कमिसनको हस्को

बुद्धलाई भजाएर मुर्तिमा घिनलाग्दो राजनीति, कमिसनको हस्को

अपि टाइम्स

कपिलवस्तु । “ताक परे एमाले नत्र समाजवादी” चरित्रका पात्रले यतिखेर लुम्बिनी विकास कोष मात्र होइन कपिलवस्तुमा पनि खैलाबैला मचाएका छन् । पुरातात्विक स्थल माथि रक गार्डेन बनाएर कमाउधन्दामा लागेका लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराईका कारण कोष विवादमा तानिएको छ । बौद्ध धर्म र इतिहासले तिलौराकोट र लुम्बिनी जत्तिकै महत्व दिएको सगरहवालाई ध्वस्त बनाउने खेलमा कोष आफै लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ भने पुरातत्वविदहरुले कडा आपत्ती जनाएका छन् ।

सगरहवा शाक्यमुनि बुद्धको जीवनको उत्तराद्र्धतिर कौशल देशका राजा प्रसेनजितका पुत्र विरुद्धकले शाक्यहरु विरुद्ध प्रतिशोध स्वरुप ७७ हजार बौद्ध भिक्षु तथा शाक्यहरुको हत्या गरेको क्षेत्र हो । त्यहा रहेको पोखरीको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार गरेको सम्झनामा सयौँ स्तुुपाहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन साङको सन् ६३६ को यात्रा वर्णनमा उल्लेख छ । सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा। फुुरहरद्वारा गरिएको उत्खनन अन्वेषणमा ठूूलो वर्गाकार स्तूपको चारै दिशामा हजारौँको संख्यामा साना स्तूप त्यसलाई शाक्यहरुको सामूहिक चिहानका रुपमा पनि पुरातत्वविदहरुले लिने गरेका छन् । लुम्बिनी विकास कोषको स्वामित्वमै रहेको उक्त क्षेत्रलाई उत्खनन् , अन्वेषण र विकास गर्नुको साटो त्यहा क्रेनको सहायताले दर्जनौ ढुंगा बाहिर बाट ल्याएर थुपारिएको छ, घन् हानिदै छ, ढुंगाको धुलो उडाइदै छ । शाक्यहरुको चिहानमा ढुंगा बजारिएको छ ।

स्वीकृती नै छैन
कोषको मातहतमा रहेको सगरहवाका ५८ विगहा जग्गा पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा छ । त्यहा केहि गर्नुपरे पूर्व स्वीकृती लिनुपर्ने छ । तर त्यहा लुम्बिनी विकास कोषले मूर्ति कार्यशालाका नाममा रक गार्डेन बनाएर पुरातात्विक स्थल खल्बल्याउने मात्र होइन त्यसको इतिहास र महत्व समेत नष्ट गर्न लागेको पुरातत्वविद भाष्करराज ज्ञवाली बताउँछन् । “कोषले पुरातत्व विभाग संग यस सम्बन्धमा कुनै स्वीकृती लिएको छैन, अझ यहाँ केहि गर्नु अघि अनिवार्य रुपमा सम्पदा प्रभाव मूल्यांकन अनिवार्य गर्नुपर्छ तर जर्बजस्ती गरिएको छ यो कोषको दादागिरी हो” ज्ञवालीले भने ।

लुम्बिनी विकासका कोषका एक सदस्यले स्वीकृती नलिएको स्वीकार्दै उपाध्यक्ष ल्यारक्याल लामा र अन्य सदस्यको समेत असहमति बाबजुद कोषाध्यक्ष भट्टराइले जर्बजस्ती कार्यशाला गरेको बताए ।

सित्तैमा भात, खर्च ५५ लाखः कोषले सगरहवा मूर्ति कार्यशालाका लागि ३५ लाख बजेट विनियोजन गरेको छ । कपिलवस्तु नगरपालिका ५ लाख, कुमारी बैंक ५ लाख, पर्यटन डिभिजन कार्यालय रुपन्देहीले ५ लाख नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा अन्य संघ संस्थाले गरि कुल ५५ लाख रकम संकलन गरिएको छ ।

पुस २३ देखि माघ ८ गते सम्म चल्ने १५ दिने कार्यशालामा १५ जना मूर्तिकारले १८ वटा ढुंगामा मूर्ति कुदिने बताइन्छ । कोषाध्यक्ष भट्टराइले एउटा मूर्ति कुद्दा १ लाख ७५ हजार खर्च बताएका छन् तर त्यहि मूर्ति बाहिरबाट ल्याउदा १ लाख भन्दा पनि कम पर्ने स्थानीय मूर्तिकारहरुको दाबी छ ।

अझ ललितकला प्रज्ञा प्रतिष्ठान आफै आयोजक हुदाँ झन खर्च घट्नुपर्नेमा बढेको पाइन्छ । यत्ति मात्रै होइन कार्यशालामा सहभागी मूर्तिकार तथा सहयोगी सबैलाई स्थानीय जगदीशपुर होमस्टेमा राखिएको छ । १३ वटा कोठा दैनिक ८ सयको दरले दिइएको होमस्टे संचालकले बताएका छन् ।

कोषका कोषाध्यक्ष भट्टराइले रकम अभाव भएको भन्दै मूर्ति कार्यशालामा सहभागीहरुलाई खानाको जोहो गर्न भन्दै स्थानीय संघ संस्था समेत गुहारेर सित्तैमा भात खुवाइरहेका छन् । पुस २९ गते देखि कार्यशालामा सहभागी ३० जनालाई खाना स्थानीयहरुले नै खुवाएको बताइन्छ ।

यति सबै समुदायले समन्वय गर्दा गर्दै पनि १० लाखमा सक्किने कार्यशालाको खर्च कसरी ५५ लाख पुग्छ भन्ने विषयमा स्थानीय समेत शशंकित छन् ।

कार्यशाला कमाउधन्दा स् लुम्बिनी विकास कोषले लुम्बिनीको गुरुयोजना अनुसारको काम बजेट अभावले भएको भन्दै रुन्छ । उत्खनन् संरक्षण र प्रर्बद्धनमा रकम छैन भन्दै गुर्हाने कोषका कोषाध्यक्ष आफै मूर्ति कार्यशाला भन्दै ढुंगा थुर्पान व्यस्त छन् । कोषको कोषाध्यक्ष हुनु अघि पनि भट्टराइले देवदहमा आफ्नै ड्रिम देवदह भन्ने संस्था मार्फत मूर्ति कार्यशाला राखेर राम्रै कमाई गरेका थिए । त्यसैको स्वाद फेर्न उनले जर्बजस्ती तत्कालिन उपाध्यक्ष अवधेश त्रिपाठीको कार्यकालमा मूर्ति कार्यशालामा बजेट राख्न लगाएका थिए । उनले १ बर्ष अघि कपिलवस्तुका खोलाबाट ठूला ढुंगा १ लाख १५ हजारमा त्यहा खसालेका थिए ।

कार्यशाला भन्दै विभिन्न स्थानबाट ५५ लाख संकलन गरेका उनले खर्च भने १० लाख पनि नगर्ने छाट देखिएको छ । मूर्तिकारहरुलाई होमस्टेमा सुताइएको छ, पालैपालो स्थानीय संस्थाले खाना खुवाइरहेका छन् । सोमबार जगदीशपुर होमस्टे, मंगलबार सामुदायिक विद्युत वितरण संस्था, बुधबार साना किसान कृषि सहकारी र विहिबार ताल कृषि सहकारी र जगदीशपुर जलाशय बहुसरोकार मञ्चले खुवाउने तालिका समेत बनाएका छन् ।

भट्टराईले थप रकम अभाव भएको भन्दै प्रदेश सांसद विष्णु पन्थी तथा केहि संघ संस्था संग रकम माग गरेका छन् । उनले कपिलवस्तु नगरपालिकामा गर्ने मूर्ति कार्यशालामा आफ्नै रुपन्देहीको ड्रिम देवदह संस्थालाई प्रर्बद्धक समेत राखेका छन् । जबकी कपिलवस्तुको प्राचिन विकासका लागि र्दजनौ संस्था क्रियाशिल छन् ।

कोषाध्यक्ष भट्टराईको रवैयाले भर्खरै उपाध्यक्ष नियुक्त भएको ल्यारक्याल लामा समेत आजित बनेका छन् । “ यो कोषाध्यक्षले डुबाउछ, जहाँ पनि पैसा माग्छ, जे पनि काम गर्छु भन्छ,यसैले गर्दा पुरातत्व विभाग सित लफडा सुरु भयो भनेकै मान्दैन” उनले अरु सदस्यहरुलाई भन्ने गरेका छन् ।

तत्कालिन पर्यटन मन्त्री प्रेम आलेले नियुक्त गरेका भट्टराई आफुलाई समाजवादीको नेता बताएपनि उनी एमाले उपाध्यक्ष विष्णु पौडेल, बासुदेव घिमिरे र विष्णु पन्थीका निकट्तम मानिन्छन् । यहाँका समाजवादीले भट्टराइलाई “ताक परे एमाले नत्र समाजवादी” भन्ने गर्छन् ।

जनआस्थाबाट साभार