मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवौं धादिङ महोत्सवको मुख्यमन्त्री जम्कटेलले उद्घाटन गर्ने

नवौं धादिङ महोत्सवको मुख्यमन्त्री जम्कटेलले उद्घाटन गर्ने

अपि टाइम्स

काठमाडौँ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ गलौंदीमा बुधबारदेखि नवौं धादिङ महोत्सव संचालन हुने भएको छ । महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

धादिङ उद्योग बाणिज्य संघको आयोजनामा यहि माघ १० गते देखि २१ गते सम्म महोत्सव चल्ने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा २४० वटा स्टल रहने छन्, भने ती स्टलमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ धादिङ उद्योग बाणिज्य संघको अध्यक्ष विष्णु प्र थपलियाले जानकारी दिए । महोत्सवमा रमाइलो मेला पनि संचालन हुने छ ।

जल पर्यटनलाई प्रवद्धन गर्ने उद्देश्यले र्‍याफ्टिङको दुईवटा प्याकेज पनि सार्वजनिक गरिएको छ । जसमा घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर र्‍याफ्टिङ हुने आयोजकले जानकारी दिएको छ ।