मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षेत्रीको ‘इन्ट्री’ संगै रोचक मुडमा कपिलवस्तु उद्योग बाणिज्य संघको चुनाव

क्षेत्रीको ‘इन्ट्री’ संगै रोचक मुडमा कपिलवस्तु उद्योग बाणिज्य संघको चुनाव

अपि टाइम्स

काठमाण्डौँ । अन्तिममा पूर्व वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीको नेतृत्वमा प्यानल घोषणा भएसंगै कपिलवस्तु उद्योग बाणिज्य संघको चुनाव रोचक मुडमा जाने भएको छ । काँग्रेसका रुक बहादुर भुसाल अध्यक्षको दौडबाट पछि हटेपछि पार्टीले गणेश क्षेत्रीलाई अघि सारेको हो । क्षेत्री संघका पूर्व सल्लाहाकार तथा पूर्व उद्योग उपाध्यक्षसमेत भइसकेका ब्यक्ति हुन् ।

क्षेत्री अघि सरेपछि अब आगामी नेतृत्वमा सर्वसम्मतको प्रयास टरेर चुनावबाटै मात्रै छिनोफानो हुने स्थिति बनेको छ । अब अध्यक्षको मैदानमा क्षेत्रीसंगै एमालेबाट मोहन न्यौपाने र स्वतन्त्र उम्मेदवार रमेशचन्द्र भुसाल हुनेछन् । तिनै जना उम्मेदवारले अब कुनै हालतमा पछि नहट्ने बताएका छन् ।

संघको ८ औँ अधिवेशन माघ २३ गते हुँदैछ । पूर्वअध्यक्षहरुले सहमतिको प्रयास गरे पनि उनीहरु सफल हुन सकेनन् । यता पूर्व अध्यक्षहरु दलबलमा लागेर फेरि ब्यवसायीलाई लडाउन पट्टी नै लागेको भन्दै ब्यवसायीले अपिटाइमससंग गुनासो पोखे । उनीहरुले अझै पनि नबिग्रिएको भन्दै सहमतिको लागि प्रयासको कसरत नछोड्ने आग्रह गरेका छन् ।

२०५८ सालमा स्थापना भएको साविकको उद्योग व्यापार संघ २०७० सालमा कपिलवस्तु उद्योग वाणिज्य संघ बन्न पुगेको थियो । २२ वर्षको अवधिसम्म ८ वटा अध्यक्षले संस्था हाँक्न सफल भएका छन् । ।