मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा गाउँपालिकाका यी दुई उपाध्यक्षले दिएनन् राष्ट्रिय सभामा मत

लुम्बिनीमा गाउँपालिकाका यी दुई उपाध्यक्षले दिएनन् राष्ट्रिय सभामा मत

अपि टाइम्स

रूपन्देही । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेको थियोे ।

मतदानको समय ३ बजेसम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो ।

दुई सीटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अहिले मुचुल्का तयारीको काम भैरहेको र ३ बजेपछि मतगणनाको काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।