मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीमा हर्क साम्पाङसहित तीन जनाले गरेनन् मतदान

कोशीमा हर्क साम्पाङसहित तीन जनाले गरेनन् मतदान

अपि टाइम्स

रासस। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशीमा प्रदेश सभाका सबै मतदाताले मतदान गरेका छन्। यहाँ प्रदेश सभा सदस्यतर्रफ ९३ मतदाता छन्।

मतदानको लागि निर्धारित समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ३६६ जना मतदातामध्ये ३६३ जनाले मतदान गरेको कोशीका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

स्थानीय तह तर्फका तीन मतदाता मतदानमा सहभागी भएनन्। मोरङको ग्रामथाङ गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा सहभागी भएनन्।

गच्छदार शुक्रबार अकास्मात् बिरामी परेपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचाररत छन् । शाह भ्रष्टाचार मुद्दामा मुछिएपछि निलम्बनमा छन्। दुवै कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन्।

कोशीमा गठबन्धनबाट कांग्रेसका कृष्ण सिटौला र माओवादीकी चम्पादेवी कार्की उम्मेदवार छन् भने यहाँ एमाले र राप्रपाले तालमेल गरेका छन्। एमालेले रूक्मिणी कोइराला र राप्रपाले उद्वव पौडेललाई उम्मेदवार बनाएको छ।

मुख्य निर्वाचन अधिकृत गौतमले अपराह्न ४ बजेदेखि मतगणना गर्ने तयारी रहेको जानकारी दिएका छन्। मतपरिणाम पनि आजै सार्वजनिक गर्ने आयोगको तयारी छ।