मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयको नेतृत्वमा सफल पौडेल संघको एशोसियट उपाध्यक्षमा उठ्ने

विद्यालयको नेतृत्वमा सफल पौडेल संघको एशोसियट उपाध्यक्षमा उठ्ने

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी चुनावमा बुद्धिराम पौडेल उपाधयक्षमा उठ्ने भएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको हिलवर्ट इङलिश बोर्डिङ स्कुलको प्रबन्ध निर्देशकको रुपमा रहेका पौडेल संघको एशोसियट उपाध्यक्षमा उठ्ने भएका हुन् ।

पौडेललाई समेटेर अध्यक्षका उम्मेदवार मोहन न्यौपानेले प्यानल बनाएका छन् । हिलवर्टलाई सफल विद्यालय बनाउनमा पौडेलको नेतृत्वदायी भूमिका छ । विद्यालयमा विगत ६ बर्षदेखि प्रबन्ध निर्देशककै भूमिकामा पौडेल छन् । उनकै सक्रियतामा विद्यालयले प्रदेशमै ख्याति कमाएको छ ।

पार्टीका नेताहरु, ब्यापारी तथा ब्यवसायी, शुभचिन्तककै सल्लाहमा उठ्ने निर्णय गरेको भन्दै पौडेलले सहयोग पाउने विश्वास ब्यक्त गरे । जित हासिल गरेको खण्डमा साना-ठुला सबै ब्यापारीको हित हुने गरी काम गर्ने पौडेलको उद्घोष छ ।

आफ्नो उम्मेदवारी युवाहरुको प्रतिनिधित्व रहेको पौडेलको दावी छ । पौडेलको प्रतिद्वन्दीमा काँग्रेसबबाट अध्यक्षका उम्मेदवार गणेश बहादुर क्षेत्री नेतृत्वको प्यानलका राम जि सेन रहेका छन् । संघको माघ २३ गते सोह्औँ साधारण सभा तथा आठौँ अधिवेशन हुँदैछ ।