मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेचिलो बन्दै संघको चुनाव, सचिवमा उठ्ने गैरेको घोषणा

पेचिलो बन्दै संघको चुनाव, सचिवमा उठ्ने गैरेको घोषणा

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको चुनाव नजिक आइरहँदा एकपछि अर्को पदमा उम्मेदवारी दिने क्रम बढिरहेको छ । उम्मेदवार एकपछि अर्को गर्दै थपिँदा चुनाव रोचक बन्ने त छ नै उस्तै गरी पेचिलो बन्ने निश्चित देखिएको छ ।

यसैबीच संघका पूर्व सहकोषाध्यक्ष कृष्ण गैरेले पनि सचिवमा उठ्ने घोषणा गरेका छन् । गैरे उम्मेदवार रहने चर्चा भए पनि उनको पद क्लियर थिएन । तर मंगलबार भने फेसबुकमार्फत् सचिवमा उठ्ने जनाएका छन् । फेसबुकमा पद नखुलाए पनि अपिटाइम्सको जिज्ञासामा उनले सचिव पदमा उठ्ने निर्णय भएको जनाए ।

गैरे नेकपा एमालेनिकट हुन् । उनी मोहन न्यौपानेको प्यानलबाट उठ्ने हुन् या स्वतन्त्र त्यो भने अझै थाहा हुन सकेको छैन । प्यानमा नपरे स्वतन्त्र भए पनि उठेर चुनाव जित्ने गैरेको दावी छ । ब्यवसायिक हकहित र संस्थागत शुसासनको लागि आफ्नो उम्मेदवारी रहेने गैरको भनाई छ ।