मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगङ्गामा दादुरा–रुबेला खोप अभियान, नलगाउने बालबालिकालाई जोखिम !

बाणगङ्गामा दादुरा–रुबेला खोप अभियान, नलगाउने बालबालिकालाई जोखिम !

अपि टाइम्स

कपिलवस्तु । आगामि फागुन १८ गतेदेखि वाणगङ्गा नगरपालिकामा दादुरा – रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाकालाई लक्षित गरेर सुरु हुने अभियान चैत्र ४ गतेसम्म संचालन हुने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । उनका अनुसार नगरका ९५ ठाउँबाट ३४ हजार ४ सय १२ जना बालबालिकालाई खोप लगाइने छ भने ३० जना भ्याक्सिनेटर फिल्डमा खटिने छन् ।

यसै अभियानबारे जानकारी दिन स्वास्थ्य शाखाले मंगलबार बुङ्चीमा सरोकारवाला निकायसंग छलफल गरेको थियो ।
यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्न सक्ने भएकाले सम्बन्धित खोप केन्द्रमा लगेर बालबालिकालाई खोप लगाइदिन प्रमुख पौडेलको आग्रह छ ।

खोप नलगाए दादुरा–रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि नहुने र बिभिन्न रोगबाट संक्रमण हुन सक्ने भएकाले अनिवार्य रुपमा खोप लगाउन उनले आग्रह गरे ।

कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले नगर स्वास्थ्य क्षेत्रमा जिम्मेवार रहेको बताए । अभियानलाई सफल बनाउन जनप्रतिनिधि र कर्मचारीहरूलाई आफ्नो क्षेत्रमा डटेर लाग्न उनको निर्देशन छ ।

बालबालिकालाई खोप केन्द्रमा लगेर लगाउनु अभिभावकको दायित्व रहेको हुनाले यो रोगबारे अभिभावक नै शतर्क हुनुपर्ने उनको भनाई छ ।

उपप्रमुख रिता कुमारी चौधरीले अभियानलाई सामान्य रुपमा नलिन आग्रह गरिन् । डाक्टर इला सिंह राठौरले २ मात्रामा लगाइने दादुरा – रुबेला खोप निक्कै भरपर्दो, उपयोगी र विश्वासिलो रहेको बताइन् । पछिल्लो २ वर्ष यता देशभर १६ सय बढी बालबालिकामा दादुरा – रुबेलाको महामारी फैलिएको र १ जनाको मृत्यु भएको हुनाले यसबाट बच्न खोप लगाउनै पर्ने उनको भनाई छ ।

कार्यक्रममा वडाअध्यक्षहरु, वडा सदस्य, शाखा प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक शिक्षिका,सञ्चारकर्मी लगायतको सहभागिता थियो । नेपाल सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य राखेको छ । त्यहि लक्ष्य पुरा गर्न देशभर यो अभियान संचालन हुँदैछ ।