मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर साम्पाङ भन्छन् ‘बालुवाको बोरा होइन जिम्मेवारी बोकेको हूँ’

मेयर साम्पाङ भन्छन् ‘बालुवाको बोरा होइन जिम्मेवारी बोकेको हूँ’

अपि टाइम्स

काठमाडौँ । सुनसरीको धरान उप महानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले मंगलबार एउटा तस्वीर फेसबुकमार्फत् सार्वजनिक गरे ।

श्रमदानलाई संस्कृतिको रुपमा विकास गरिरहेका प्रमुख राईले फोटो मात्रै राखेनन् त्यहाँ एक सन्देश पनि लेखे । तस्वीरमा उनले काँधमा बोरा बोकेका छन् । साम्पाङको लेखाईमा तयो बालुवाको बोरा हो । उक्त बोरा बोक्नुलाई उनले बालुवाको बोरा बोकेको रुपमा नलिएर जिम्मेवारीको बोरा बाकेको रुपमा लिएका छन् ।
उनले लेखेका छन् ‘बालुवाको बोरा होइन जिम्मेवारी बोकेको हो १ यो देशको जिम्मेवारी १ अरु जस्तो सुन र पैसाको कालो धनको बोरा बोक्न जान्दिन र चाहन्नं म, मेरा प्रयासहरुले कति बन्ला या नबन्ला यो देश तर मैले दिएको संदेशलाई गम्भीर बनेर ग्रहण नगरे देशमा कहिल्यै उन्नति हुनेछैन ,नेता र कर्मचारी अनि ठेक्केदारले बनाइदिन्छ यो देश भन्दै आशा हेर्दै बसेको कारण अब मर्नु न बाँच्नुको स्थिति नजिकिंदैछ, मलाई चारै तिर बाट घेरेर सिध्याउन अनि लडाउन चाहनेहरुले बुझ्नु तिमीहरुको सन्तानको भविष्य बोक्दैछु म यो बोरामा आज तिमी जे सुकै भन म आफ्नो पथमा अबिचलित छु, एक दिन सबैले यो देशको भारी बाँडिचुँडी बोक्नेछौँ भन्ने कुराको बिश्वास लिएको छु मैले १ स्वार्थ होइन समर्पणको भावले गरेको हरेक कुरा सफल बन्छ नै मलाई असफल बनाउन लागेका सबैको सपना तुहिएर जानेछ किनकी यो देश अब रोकिन्न छेकिन्न ‘ यो देश अघि बढ्छ नै ।’