मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नामिबियाले टस जितेपछि नेपालले ब्याटिङ गर्दै

नामिबियाले टस जितेपछि नेपालले ब्याटिङ गर्दै

अपि टाइम्स

काठमाडौं । आईसीसी विश्वकप लिग टूमा नेपालविरुद्ध नामिबियाले टस जितेको छ ।

बुधबार कीर्तिपुर मैदानमा नेपालविरुद्धको खेलमा नामिबियाले टस जितेको हो ।

नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

नेपालको प्लेईङ ११ को कप्तान रोहित सहित कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, कुशल मल्ल, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, करन केसी, सोमपाल कामी र ललित राजवंशी परेका छन् ।

लिग टूको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित बनेको थियो । पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको जित दर्ता गरेको थियो ।

लिग टूको तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको थियो । लिग टूको तालिकामा दुवै टिम दोस्रो जित गर्ने लक्ष्यमा रहेका छन् ।