मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा गेट फोरेर मोटरसाइकल चोरी

वाणगंगामा गेट फोरेर मोटरसाइकल चोरी

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकामा मोटरसाइकल चोरीका घटना बढ्न थालेका छन् । आजभन्दा केहि दिनअघि हरिहरपुरबाट गेटमाथिबाटै उठाएर मोटरसाइकल चोरी भएको घटना सेलाउन नपाउँदै फेरि वडा नम्बर ४ मै चोरले गेट फोरर बाइक चोरी गरेको घटना बाहिर आएको छ ।

ठाकुरापुरस्थित विद्यूत अफिस नजिककैको एक घरबाट लु ५० प ४७९ नम्बरको कालो रङको सुपर स्पेल्डर बाइक चोरी भएको स्थानीय श्यामलाल सापकोटाले फेसबुकमार्फत जानकारी गराएका छन् ।

चोरीको विषयमा प्रहरीलाई जानकारी गराइएको भन्दै खोजी गरिदिन आग्रह गरिएको बाइक धनी यमलाल जैशीले अपिटाइम्सलाई बताए ।

उनका अनुसार गेट र त्यहाँ लगाइएको ताला तोडी चोरी भएको छ । फेला पार्नेलाई १० हजार पुरस्कार दिने पनि जैशीले जानकारी गराएका छन् ।