मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपरीमा कुलोमा गाडिएका ब्यक्तिको पहिचान, कारण पर स्त्रीसंगको सम्बन्ध

पिपरीमा कुलोमा गाडिएका ब्यक्तिको पहिचान, कारण पर स्त्रीसंगको सम्बन्ध

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरीमा हत्या गरिएका ब्यक्तिको पहिचान भएको छ । दुईदिनअघि पिपरीस्थित खेतको बीचमा रहेको कुलोमा गाडीएको अवस्थामा फेला परेका ब्यक्ति महराजगंज नगरपालिका वडा नम्बर ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मी रहेको खुलेको हो ।

उनको विभतस हत्या गरी गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको शरीर र गुप्ताङ जलेको थियो भने टाउको अझै फेला परेको छैन ।

बिवाह पछि पनि बिवहत पर स्त्रीसंगको सम्बन्धमा रहेका कारण उनको हत्या भएको प्रहरीले बताएको छ । तयसपछि फागुन ५ गते राति योजनाबद्धरुपमा कुर्मीको हत्या गरि फालिएको प्रहरी बताउँछ ।

घटना स्थलको दक्षिण तर्फको खेतमा मृतक र हत्याराहरु बिच संघर्ष भएको निशान समेत भेटिएको छ । यस्तै त्यही किनामा रगत समेत फेला परेकाले प्रहरीको भनाई छ ।

प्रहरी उपरिक्षक नवरत्न पौडेलले हत्यारा पत्ता लगाई चाडै घटनाको यथार्थ बिवरण बाहिर ल्याउने बताएका छन । शव परिवारले बुझेर सोमबार नै सदगद गरेका छन । टाउको भने फेला परेको छैन ।