मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपरा प्रहरीको सफलता, कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जेल चलान्

पिपरा प्रहरीको सफलता, कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जेल चलान्

अपि टाइम्स

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय पिपरा वाणगंगाको सक्रियतामा पक्राऊ परेका फरार प्रतिवादीहरु जेल चलान् भएका छन् । कारागार चलान् हुनेमा वाणगंगा नगरपालिका वडा नं ६ अमौली बस्ने २८ बर्षिय तुल्सीराम थारु, २६ बर्षका शिव शंकर भन्ने शालिकराम थारु रहेका छन् ।

कपिलवस्तु जिल्ला अदालत तौलिहवाबाट २०७६०५१० गतेको फैसला आदेशानुसार लगत नं ३०८० भएको कर्तव्य ज्यान मुद्धा सम्बन्धि कसुर मुद्धामा दोषी ठहर भएका उनीहरुको जनही ९ बर्ष (जम्मा २७ बर्ष ) कैद भुक्तान गर्न बाँकी रहेको थियो ।कैद भुक्तान नहुँदै उनीहरु फरार थिए ।

प्रहरी नीरिक्षक गोपाल जंग रायमाझीका अनुसार खोजतलास गर्दै जाँदा उनीहरु २०८०११०७ गते फेला परेका थिए । त्यसपछि कानुन बमोजिम पक्राउ गरि अदातलमा पेश गरिएकोमा अहिले जेल चलान् भएका रायमाझीले बताए ।

उनीहरुले २०७४/०६/१५ गते दिउसो साढे ३ बजे बजे बाणगङगा ६ लक्षमणघामा हेल्मेटले कुटपिट गरी
२२ बर्षका राम बहादुर थारुको हत्या गरेका थिए भने घटनामा गोपाल प्रसाद थारु घाइते भएका थिए ।
दसैको मुर्ति बिसर्जन गर्ने क्रममा घटना भएको थियो ।

गत साउन १ गते यता ईलाका प्रहरी कार्यालय पिपरा शान्ति सुरक्षा कायम गर्न सफल देखिएको छ। यी ३ सहित ३० जना प्रतिवादीलाई रायमाझीको नेतृत्वले पक्राऊ गर्न सफल भएको छ । यसलाई स्थानीयले प्रहरीको सफलतासंग दाँजेका छन् ।