मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका १० पालिकामा बाणगंगा उत्कृष्ट बन्यो, यस्ता छन् आधार

कपिलवस्तुका १० पालिकामा बाणगंगा उत्कृष्ट बन्यो, यस्ता छन् आधार

अपि टाइम्स

कपिलवस्तु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा बाणगंगा नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये बाणगंगा नगर सबैभन्दा बढी अङ्क ४१ दशमलव २१ अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो ।

आयोगले १७ वटा सूचक मध्ये १४ वटा सूचकमा मात्र स्थानीय तहको मूल्यांकन गरेको जनाएको छ । १४ मध्ये बाणगंगाले ३ वटा सूचकमा शून्य अंक पाएको छ । कपिलवस्तुमा ६ नगरपालिका र चार गाउँपालिका छन् । जसमा बुद्धभूमि नगरपालिकाले ६ वटा सूचकमा शून्य अंक सहित ३६५८ अङ्क हासिल गरी दोस्रो स्थान तथा सात सूचकमा शून्य अंक सहित ३२।४४ अङ्क प्राप्त गरी शिवराज नगरपालिका तेस्रो भएको छ ।

बिजयनगर जिल्लास्थित गाउँपालिका मध्ये पहिलो भएको छ । नौ सूचकमा शून्य अंक सहित बिजयनगरले २२१९ अंक पाएको छ । आयोगको प्रतिवेदन अनुसार कपिलवस्तुका अन्य स्थानीय तहमा कपिलवस्तु नगरपालिकाले आठ सूचकमा शून्य अंक सहित २६।०२ पाएको छ ।

नौ सूचकमा शून्य अंक सहित महाराजगंज नगरपालिकाले २३।०० पाउँदा सात सूचकमा शून्य अंक सहित कृष्णनगर नगरपालिकाले १५६८ अंक पाएको छ । यशोधरा गाउँपालिकाले दशसूचकमा शून्य अंक सहित २०।५६, मायादेवी गाउँपालिकाले दशसूचकमा शून्य अंक सहित १९।४७ र शुद्धोधन गाउँपालिकाले नौं सूचकमा शून्य अंक सहित २०।७१ अङ्क प्राप्त गरेको छ ।

स्थानीय तहहरुले १० असारभित्र बजेट ल्याएरनल्याएको, ३० असार भित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए÷नदिएको लगायतका आधारमा मूल्याकंन गरिन्छ ।

स्थानीय तहले आगामी आवको आयरव्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाएरनपठाएको, स्थानीय तहले समेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरेरनगरेको जस्ता आधारमा पनि अंक दिइन्छ ।

आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र०को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरेरनगरेको पनि मूल्यांकन हुन्छ । स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिएको छ ।

कार्यसम्पादन मूल्याङकनको सूचकका आधारमा स्थानीय तहमा वित्तिय समानीकरण अनुदानको अंक निर्धारण हुने गर्दछ । यसैबीच ७ प्रदेश मध्ये कोशी प्रदेश कार्यसम्पादन मूल्याङ्कनमा ३० अंकसहित प्रथम स्थानमा रहेको छ । मधेस प्रदेशले २२।३१, बागमती प्रदेशले २७।२९ अंक पाएको छ । त्यस्तै गण्डकीले २३।०७, लुम्बिनीले १६।९९, कर्णालीले २०९८ र सुदुरपश्चिम प्रदेशले २१।०८ अंक पाएको छ ।

प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश र स्थानीय तहका लागि निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको आयोगले जनाएको छ । नतिजामा चित्त नबुझेमा ७ दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि आयोगमा निवेदन दिन सकिनेछ ।