मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी निजी कम्पनीको यान चन्द्रमाको सतहमा अवतरण

अमेरिकी निजी कम्पनीको यान चन्द्रमाको सतहमा अवतरण

अपि टाइम्स

एजेन्सी
अमेरिकाको निजी कम्पनी ुइन्टुइटिभ मशिन्सु ले पठाएको अन्तरिक्षयान आज बिहान चन्द्रमाको सतहमा अवतरण भएको छ । योसँगै ुइन्टुइटिभ मशिन्सु चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । यस्तै ५० वर्षपछि चद्रमामा अमेरिकाको पुनः उपस्थिति भएको छ ।

निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पैसा दिएको हो । अमेरिकाले यसअघि अन्तिम पटक सन् १९७२ मा चन्द्रमामा यान अवतरण गराएको थियो ।

आज यान अवतरण भएको ठाउँ सूर्यको प्रकाश कहिल्यै नपुग्ने खाडल भएको क्षेत्र हो । त्यहाँ जमेको पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । यानमा नासाका छ वटा उपकरण रहेका छन् । त्यसमध्ये एउटा उपकरणले चन्द्रमामा भएको धुलोको गुणबारे महत्त्वपूर्ण अध्ययन गर्ने नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।