मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछाने भोलि कपिलवस्तुको सभामा हुने, हजारौँ जनता उत्रने दावी

लामिछाने भोलि कपिलवस्तुको सभामा हुने, हजारौँ जनता उत्रने दावी

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार कपिलवस्तुको खुला सभालाई सम्बोधन गर्ने भएका छन् । बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा विहान ११ बजे सभापति लामिछानेले सभाको सम्बोधन गर्ने बताइएको छ । रविले आफूमाथिका बिभिन्न आरोप, कपिलवस्तुको विकास लगायतमा आफ्नो धारणा राख्ने छन् ।

पार्टीको जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रमको लागि स्टेज, साउण्ड सिस्टम लायतको राम्रो प्रबन्ध गरिएको जिल्ला सभापति शिव सुवेदीले बताए । रविको साथमा पार्टी उपसभापति डिपी अर्याल, केन्द्रि सदस्य अर्जुन अधिकारी लगायतका नेता सहभागि हुनेछन् ।

उनका अनुसार कार्यक्रममा सुरक्षा प्रदान गर्न सुरक्षाकर्मीसहित दर्जनौँ स्वयमसेवक परिचालन हुने छन् । सुवेदीले भोलिको कार्यक्रममा जिल्लाका बिभिन्न ठाउँबाट हजारौँको सहभागिता हुने विश्वास ब्यक्त गरे ।

हप्तादिनअघिबाट माइकिङ गरी प्रचार गरिएको र धेरै जना रवि लामिछानेको भाषण सुन्न आतुर रहेको बाणगंगा नगरसभापति बुद्धि सागर बेलबासेले अपिटाइम्सलाई बताए । जिल्लाका नेता तथा लुम्बिनी प्रदेशका प्रवक्ता कमल पोख्रेलले अरु दलका नेता कार्यकर्ता पनि रविको भाषण सुन्न जाने बताइरहेकाले हजारौँ जनता उत्रने दावी गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट नेता कार्यकर्ता आउने पार्टीले जनाएको छ ।