मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा रविको आक्रामक भाषणः मध्यावधि चुनावदेखि नेताको भण्डाफोर

कपिलवस्तुमा रविको आक्रामक भाषणः मध्यावधि चुनावदेखि नेताको भण्डाफोर

अपि टाइम्स

काठमाडौँ । शनिबार कपिलवस्तु पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा भएको खुला सभामा करिब ४५ मिनेट भाषण गरे । भाषणमा लामिछानेले आफूलाई घेराबन्दीमा पारिएको देखि सरकार असफल भएसम्मको कुरा गरेका छन् ।

हजारौँ जनता सहभागि भएको कार्यक्रममा निकै आक्रामक भाषण गरेका रविले मध्यावधि चुनावको कुरा पनि निकालेका छन् ।
भाषणको सुरुवात रविले आफूमाथि भएका आक्रमणबाट गरेका थिए । कपिलवस्तुको कार्यक्रम असफल पार्न बिभिन्न तत्व लागेको प्रसंग निकाल्दै आफूमाथि सुरुदेखि नै आक्रमण भएको कुरा जानकारी गराएका थिए ।

अहिले सम्पत्ति शुद्धिकरण विभागले आफ्नो सम्पत्ति छानबिन गर्ने कुरा गरिरहेकाले उनले त्यसमा आपत्ति जनाए ।
देश र जनताको लागि ज्यान दिएर लागेको मान्छेमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेकाले गर्ने शुद्धिकरणको कुनै अर्थ नहुने लामिछानेले बताए ।

यसैक्रममा लामिछाने सरकारविरुद्ध खनिएका छन् । वर्तमान सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खरो विरोध लामिछानेले गरेका थिए ।
प्रधानमन्त्री र तिन दलको ध्यान सरकार रहेकाले उहाँहरुले आगामी ८४ सम्म देश र जनताको लागि केहि गर्न नसक्ने लामिछानेले ठोकुवा गरे ।

अब ८४ कुर्नु ब्यर्थ रहेको भन्दै मध्यावधि चुनाव हुनुपर्ने लामिछानेको भनाई छ । उनले भने भर्खरै मधयावधि चुनाव त नहोला तर आदणीय जनताहरु ३ दलको यहि हालत हो भने मध्यावधि चुनाव नहोला भन्न सकिन्न । अहिले दूध बेच्ने किसानले पोद्यनु परिरहेको भन्दै कपिलवस्तुकै कृषिमन्त्रीले काम गर्न नसकेको लामिछानेको भनाई छ ।

आफू रआफ्ना पार्टीका नेता जेल गए पनि ८४ को चुनावमा मतपेटिकामा घण्टी छाप लगाउनबाट कसैले रोक्न नसक्ने उनको दावी छ ।

गृहमन्त्री हुँदा आफूले ३४ दिनमा धेरै राम्रो काम गरेको भन्दै ३४ बर्षसम्म देशको शाषनमा रहेका यी नेताले भ्रष्टाचार गरेर देश लुटेको बताए । अब ८४ पछि रास्वपाको नेतृत्वमा सरकार बन्ने लामिछानेको दावी छ ।
सभापति लामिछानेले अहिलेका ३ । ४ दलको भण्डाफोर गरे । अझै पनि जनतालाई रक्सी, मासु र वियरमा झुकयाउन खोजेकाले अब त्यो सम्भव नरहेको पनि कपिलवस्तुको कार्यक्रमबाट पुष्टि भएको रविको भनाई छ ।