मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन

टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन

अपि टाइम्स

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

खेलम नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो। पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।