मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा भनिएका नेता नै काँग्रेसभित्र भागबण्डाको व्यापार गर्छन्

युवा भनिएका नेता नै काँग्रेसभित्र भागबण्डाको व्यापार गर्छन्

अपि टाइम्स

काठमाडौँ । गोदावारीमा नेपाली काँग्रेसको महासमिति वैठक जारी छ । नेताहरुले मिल्यौँ भनेर मौखिक रुपमा भनेका छन् तथापि अझै पनि काँग्रेसभित्र एक मन नभएको कुरा आइरहेको छ । यो विषयलाई बिभिन्न नेताले बिभिन्न तरिकाले प्रकट गरिरहेका छन् । यसैगरी नेपाली काँग्रेसका युवा नेता सुदिप शर्माले पनि काँग्रेभित्र एक मन हुनुपर्ने भन्दै काँग्रेसले युवाहरुलाई समेटेर अघि बढे मात्र मुलुकको हित हुने बताएका छन् । युवा अघि बढ्नु पर्ने बताइरहँदा काँग्रेसका युवा भनिने नेता नै भागण्डामा लाग्दा धेरै युवा निरास भएको उनले बताए ।

यस्तो छ नेता शर्माको विचार
”नेपाली कांग्रेसभित्र भागबन्डाको पसल चलाउने अनि पार्टी रुपान्तरणको गफ दिने, दुर्भाग्य यी सबै गतिविधिको अगाडि युवा भनिएका नेता नै काँग्रेस भित्र भागबण्डाको व्यापार गर्छन् । आज होइन हिजोका दिनदेखि नै हो हामीले देख्यौँ ।सरकारदेखि भ्रातृसंस्था सबैजसो ठाउँमा भागबन्डा,त्यो पनि ४०% । जुन देशमा युवा, विद्यार्थीहरुले आफ्नो सृजनात्मक श्रम, सीप र बुद्धि विवेक देशका लागि खर्च गरेका छ्न त्यस मुलुकको मुहारमा विकासको मुस्कान देख्न पाइएको छ ।
राष्ट्र विकासको रथ हाक्ने आधारभुत शक्ति भनेको विद्यार्थी र युबा बर्गको शक्ति नै हो र बास्तबमा उक्त शक्ति नै देश विकासको उर्जा हो । विद्यार्थी र युबा उर्जाको क्षमताले जुनसुकै चुनौती र अबरोधहरुलाई पाखा लगाइ नयाँ सोच र नयाँ प्राविधिबाट विकासको गोरेटो कोर्न सक्छन् । जीवनको चक्रमा हरेक ब्यक्ति एकपल्ट युवा अबस्थामा पुग्छ्न र व्यतिगत रुपमा कुनै पद वा अहोदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको सहभागी भएकै हुन्छन् । तर्सथ देश विकासको गहकिलो जिम्मेवारिलाई बोक्न सक्ने बलियो खम्बाका रुपमा रहेका विद्यार्थी र युबा बर्गलाई गुटगत भेला, अल्छी हुन र कुलतमा बरालिन नदिई उनीहरुको जोश र जागरलाइ सम्मान गरि नेपाली काँग्रेसले राजनीतिमा स्थान दिएको खण्डमा राजनीति फोहोर खेल हो भन्ने युवाहरूको सोच परिवर्तन हुन सक्छ । लोकतन्त्रमा पार्टी र विकल्प हुनु निश्चय नै राम्रो कुरा हो । तर घरमा भैंसीले दुध दिएन भने रककागो पालेर हुदैन। गन्तव्य नभएको राजनीतिले होहल्ला गर्न सक्छ तर समाजलाई डोर्याउन असम्भव छ। युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो।”