मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस बाणगंगा सभापति थापाको रास्वपालक्षित स्टाटसले हंगामा

काँग्रेस बाणगंगा सभापति थापाको रास्वपालक्षित स्टाटसले हंगामा

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले शनिबार बाणगंगाको बुद्ध रंगशालामा खुला सभा आयोजना गर्यो । खुला सभामा अनपेक्षित भीँड जम्मा भएपछि अहिले कपिलवस्तुको चोकेचोकमा रास्वपाको शनिबारको कार्यक्रमबारे छलफल भइरहेको छ । काँग्रेस र एमालेको गढमा रास्वापा समर्थित ब्यक्तिहरुको भीँडले धेरै नेताको नीद्रा हराम भएको छ ।

पुराना दलका कतिपय नेताले भीँडलाई नक्कली भनेका छन् भने कतिपयले यसलाई रामान्य रुपमा लिन नहुने रुपमा बुझेका छन् । कतिपयले काँग्रेस र एमालेका कार्यक्रममा अब यति भीँड जम्मा गर्न चुनौति हुने भनेर पनि चर्चा हुन थालेको छ ।

यसैबीच रवि लामिछानेको उपस्थितिलाई काँग्रेस बाणगंगा नगर सभापति विष्णु थापाले सकारात्मक रुपमा लिएका छन् । पार्टीका कतिपय नेताले सामान्य रुपमा लिइरहँदा थापाले लेखेको एक स्टाटसले काँग्रेसमा तरंग सिर्जना गरेको देखिन्छ । रवि लामिछानेको फोटो शेयर गर्दै थापाले फेसबुक स्टाटसमा लेखेका थिए ‘पुरानो र ठुलो दलहरुको अहंकार घमण्ड अनि विकृति र बितृष्णा मुलुक राजनितीले जन्माएको स्थिति जय नेपाल ।’

थापाको यो स्टाटसमा काँग्रेसजनबाटै बिभिन्न प्रतिक्रिया आएका छन् । कतिपयले सभापति थापाको आलोचना गरेका छन् भने भतिपयले सहिलाई सहि भनेको भन्दै प्रतिक्रिया दिएका छन् ।

काँग्रेसका बाणगंगाका नेता गोपाल घिमिरेले ‘नगरसभापति जस्तो जिम्मेवार ब्याक्ति कि न यति धेरै निरास जुन थालमा मिठो भोजन गरिराछौ। त्यसैमा छेदन गर्नु कति जायज होला ?’ भनेर सभापतिमाथि प्रश्न खडा गरेका छन् ।

यसको प्रत्युत्रमा थापा लेख्छन् ‘नेताको गुलामी र दासत्व स्विकार्ने बानी छैन । सहिलाई सहि र गलतलाई गलत भन्ने आट सबैले गरौं ।अनि मात्र पार्टी बलियो बन्ला ।नेताको गुलामी र दासत्व स्विकार्ने बानी छैन । सहिलाई सहि र गलतलाई गलत भन्ने आट सबैले गरौं । अनि मात्र पार्टी बलियो बन्ला ।’

थापाको यो भनाईमा घिमिरेले फेरि लेख्छन् ‘पाटी बैठक मा एजेन्डाका रुपमा उठान गर्दा राम्रो हुन्छ।ना कि सामाजिक सन्जालमा कि न कि तपाई जिम्मेवारी नगरसभापति भएको कारणले धन्यवाद ।’

थापाको त्यहि स्टाटसमा मनिराम न्यौपानेले लेखेका छन् ‘नगर सभापतिको अक्ष्मताको कारण हो ।’ थापाले प्रतिक्रिया दिन्छन् ‘सहि विश्लेषण गर्नु भो धन्यवाद मणि राम जि । मेरो काम कर्तव्यको बारेमा पनि जानकारी साथ सुधारको सुझाव पाउन है ।’

यस्तै काँग्रेसका पत्रकार गणेश पोख्रेलले थापाको आलोचना गर्दै लेख्छन् ‘वाणगगा नगरलाई मजबुत बनाउने जिम्मेवारी तपाईलाई पनि दिएका छ्न त होईन र ?’

यसमा थापाको प्रतिक्रिया छ ‘केन्द्रिय नेतृत्वले बोकाएको बिकृतिको भारी तल्लो तह नगर समितिले बोक्न र थेग्न सकिदो रहेनछ मेरो भाइ ।’
थापाको प्रतिक्रिया खस्न नपाउँदै फेरि पोख्रेलले लेखे ‘तलका सुध्रिए माथिका आफै सुध्रिने छ्न घरमा बाउ खराब भयो भन्दैमा छोरा छोरीहरु पनि गलत निश्कन त भएन नि होईन र ?’

लक्ष्मण मिश्रले थापाको भनाईमा समर्थन जनाएको देखिन्छ । उनी लेख्छन् ‘८०% हेर्न मात्र गयका हुन १०% पुराना बाट वाक्क भयर बाकी १०% मा उसले पकड बनाई सकेको देखिन्छ ।’

यी त सामाजिक संजालका प्रतिक्रिया मात्र हुन् । भेटघाट र चोकमा पनि थापाको स्टाटसबारे काग्रेसमा छलफल हुन थालेको समाचार श्रोत बताउँछ ।