मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ किलो लागूऔषधसहित पाँचजनालाई कपिलवस्तु प्रहरीले पक्राऊ गर्यो

२५ किलो लागूऔषधसहित पाँचजनालाई कपिलवस्तु प्रहरीले पक्राऊ गर्यो

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाकाबाट पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा तीनजना महिला र दुई जना पुरुष रहेका छन् । रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्सिय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाँधी लुकाई छिपाई राखिएको अबस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध बरामद गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । ‘भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो,’ प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीले भने।

धादिङकि सेती तामाङ पेशेवर भरिया हुन् । उनी यस अघि धादिङ र कृष्णनगरबाट लागू औषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी पात्र हुन् । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो । नियन्त्रणमा लिइएका पाँचै जना उपर थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।