मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आत्मघाती गोलले पछि परेको अवस्थामा उल्टियो खेल, नेपाल फाइनलमा

आत्मघाती गोलले पछि परेको अवस्थामा उल्टियो खेल, नेपाल फाइनलमा

अपि टाइम्स

काठमाडौं । नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार लेवनानलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

दोस्रो हाफमा उत्कृष्ट पुनरामगन गर्दै नेपालले २–१ को शानदार जित निकालेको हो । खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाति गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो । गोलकिपर एन्जिला शुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाति गोल हुन पुगेको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन रच्यो । सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काईन् । खेलको इन्जुरी समयमा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।

पहिलो हाफमा लेवनानमाथि दबाब बनाएपनि नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन । नयाँ मैदानमा खेलाडीले बल होल्डनै गर्न सकेका थिएनन् । दोस्रो हाफमा नेपालले सुधारिएको प्रर्दशन गरेको थियो । लेवनानमाथि एकपछि अर्को आक्रमण बुन्दै नेपालले दबाबमा राखेको थियो ।

लेवनानमाथि प्रशस्त अवसर सिर्जना गरेपनि नेपालले ती अवसरलाई गोलमा परिणत गर्न भने सकेन । नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।