मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोर्डनसंगबाट उपाधि खोस्न फाइनल खेल्छौँः साम्बा

जोर्डनसंगबाट उपाधि खोस्न फाइनल खेल्छौँः साम्बा

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले फाइनल खेलमा उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रने बताएकी छिन् ।

मंगलबार राति लेवनानविरुद्ध बराबरी गोल फर्काएकी सावित्राले फाइनल उपाधिका लागि खेल्ने प्रतिक्रिया दिएकी हुन् ।
नेपाल वाफ वुमन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति लेवनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल प्रतियोगिताको फाइनल पुगेको हो ।

नेपालले फाइनलमा उपाधिका लागि जोर्डनसँग खेल्ने तय गरेको छ । प्यालेस्टाईनमाथि फराकिलो जित निकाल्दै जोर्डन वाफ च्याम्पियनसिपको फाइनल पुगेको हो ।

जोर्डन प्रतियोगिताको सर्वाधिक सफल टिम हो । नेपालभन्दा विश्व वरियतामा समेत अघि रहेको जोर्डनलाई प्रतियोगिताको मुख्य दाबेदारको रुपमा हेरिएको छ ।

‘उनीहरु धेरै राम्रो टिम हुन् । तर हामी उपाधिका लागि खेल्छौं । बलियो प्रतिद्धन्दीको रुपमा उनीहरुलाई हामी सम्मान गछौं ।’ खेलपछि सावित्राले भनिन् ।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ताको दौडमा निकै अघि छिन् । उनले प्रतियोगिताका सबै खेलमा नेपालका लागि गोल गरेकी छिन् ।

सेमिफाइनलमा समेत उनले नेपालका लागि बराबरी गोल फर्काएकी थिईन् । प्रिति राईको उत्कृष्ट गोलमा नेपालले लेवनानमाथि शानदार पुनरागमन जित रचेको थियो ।

सावित्राले लेवनानविरुद्ध पहिलो हाफमा मैदानका कारण खेल्न गाह्रो रहेको बताईन् । उनले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्दै नतिजा निकाल्न सफल भएको बताईन् ।

‘पहिलो हाफमा मैदानमा भिज्नै सकेनौ । बल होल्ड नि गर्न सकेनौं । पहिलो हाफ कठिन भयो ।’ उनले भनिन्, ‘दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्यौ र सोही अनुसार नतिजा निस्कियो ।’