चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको नवौँ अध्यक्षमा गणेश बहादुर क्षेत्री निर्वाचित भएपछि बसेको महत्वपूर्ण वैठकलले बिभिन्न पदमा मनोनयन गरेको छ ।मंगलबार संघको सभाहलमा बसेको बैठकले संघको विधान अनुसार सल्लाहकार, लेखा र कार्यसमिति सदस्यलाई मनोनित गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर क्षेत्रीका अनुसार ७ सदस्यीय सल्लाहकार समितिमा शक्तिसिंह ठकुरी, टोपनारायण बेल्बासे, मोहन न्यौपाने, दल बहादुर कुँवर, दीपक पन्थी, लक्ष्मण कँडेल र राजेश तिवारी मनोनित भएका छन् ।
बैठकले ३ सदस्यीय लेखा समिति बनाएको महासचिव नवदत्त घिमिरेले जानकारी दिए । जसमा विनोद पन्तलाई लेखा समितिको संयोजकको जिम्मेवारी दिएको छ भने सदस्यहरुमा मदन पौडेल र रामदेव थारूलाई मनोनित गरिएको छ । महासचिव घिमिरेले बैठकले ५ सदस्यीय कार्यसमिति सदस्य मनोनित गरेको जानकारी दिए । जसमा इन्द्र पोख्रेल, शिव बन्जाडे, तेज बहादुर थापा, ऋषिराम थारू र माधव आचार्य मनोनित भएका छन् ।
क्षेत्रीले गरेको मनोनयनमा चुनावमा गठबन्धन गरेका दललाई न्याय भएको छ भने चुनाव हारेका केहि बयक्ति पनि मनोनयनमा परेका छन् ।
कतिपय ब्यवसायीले यो मनोनयनमा असन्तुष्टि जनाएका छन् । समाचार श्रोतका अनुसार मनोनयनको बैठकमै एकछिन नोकझोँक चलेको थियो । अर्थात् बैठकमा सहभागि केहि ब्यक्तिले चर्को स्वरमा असन्तुष्ट जनाएका अपिटाइम्सले सुचना पाएको छ ।
ब्यवसायीले चुनावमार्फत् पाखा लगाएका लगाएका र गठबन्धनको नाममा असली ब्यवसायी नभएका ब्यक्तिलाई मनोनयन गर्न लागेको भन्दै वैठकमा असन्तुष्टि चुलिएको थियो । सल्लाहाकार समितिमा अटाएका शक्ति सिंह ठकुरी नेपाली काँग्रेसका जिल्ला सचिव हुन् भने टोपनारायण बेलबासे माओवादीका नेता हुन् । यस्तै दीपक पन्थी नेकपा एसका बाणगंगा नगर अध्यक्ष तथा दल बहादुर कुँवर राष्ट्रिय जनमोर्चाका नेता हुन् ।
सल्लाहाकारमा थपिएका मोहन न्यौपाने, लक्ष्मण कँडेल अध्यक्षमा पराजित भएका थिए भने राप्रपाका नेता राजेश तिवारी सचिव पदमा चुनावमा पराजित भएका ब्यक्ति हुन् । यस्तै लेखा समिति सदस्यमा मनोनयनमा परेका मदन पौडेल महासचिव पदमा पराजित भएका थिए । थप भएका सदस्यमा पनि अधिकांस गठबन्धनमा आवद्ध ब्यजसायी छन् ।
यस्तो मनोनयन हुनुमा अध्यक्ष क्षेत्रीले मिलाएर लैजाने कोसिस गरेको देखिन्छ भने पराजितबाट भोलि संघमा कुनै किसिमको अवरोध नओहोस् भनेर पनि सबैलाई समेट्न खोजेको देखिन्छ । अध्यक्षको यो सोच भए पनि कतिपय संघभित्रका सदस्य र बाहिरका ब्यवसायीले चुनाव हारेकाबाहेक अरु सक्षम ब्यवसायी छैनन् भनेर अध्यक्षमाथि प्रश्न खडा गरेका छन् ।
राजनैतिमा सक्रिय ब्यक्तिलाई मनोनयन गरेर संघमा थप राजनीति घुसाएको भन्दै एकथरी ब्यवसायीको असन्तुष्टि चुलिएको छ ।
अध्यक्ष क्षेत्रीले भने आफूले अग्रजहरुको सम्मान रहेको र संघलाई राजनीति गर्ने नेताको पनि सहयोग चाहिने भएकाले सम्बोधन गरिएकाले अन्यथा रुपमा नलिन अपिटाइम्समार्फत् आग्रह गरे ।
अहिलेको निर्णयभन्दा पनि भोलि संघले गर्ने कामको आधारमा समर्थन विरोध गर्न क्षेत्रीको आग्रह छ । आफू ब्यवसायिक हकहितमा लागेको भन्दै संस्थामा राजनीति हावी हुन नदिने उनले दावी गरे । आगामी बैठकका निर्णय ब्यवसायीको हकहितको लागि हुने उनको भनाई छ । केहि ब्यवसायी र पदाधिकारीले पनि अहिलेको मनोनय सबैलाई मिलाएर लैजाने खालेको रहेको बताउँछन् । चुनावमा काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र राप्रपाको गठबन्धन रहेको थियो । यहि गठबन्धनले अधिकांस पदमा चुनाव जितेको थियो ।
साथै सो मनोनयन बैठकले अवैध, विना दर्ता तथा घुम्ती व्यवसायीहरूलाई निरुत्साहित गर्न प्रत्येक क्षेत्रगत सदस्यहरूले उक्त क्षेत्रमा पहल गर्ने निर्णय गरेको छ । ब्यवसायीमा रहेका यी समस्यालाई पूर्ण रुपमा नियन्त्रण गर्न संघले सरोकारवालाहरूसँग बृहत् छलफल गर्ने महासचिव घिमिरेको भनाई छ ।
प्रतिक्रिया