मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उड्डयन प्राधिकरणले भन्यो ‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

उड्डयन प्राधिकरणले भन्यो ‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

अपि टाइम्स

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल नबनाउने निष्कर्ष निकालेको छ। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययन अनुसार सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यमान हवाइ नीति विपरीत हुने भन्दै प्राधिकरणले यस्तो निष्कर्ष निकालेको हो।

हवाइ नीति २०६३ अनुसार तराइ तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा कम्तीमा ४० नटिकल माइल हुनुपर्ने व्यवस्था रहेको छ। धरानमा विमानस्थल निर्माण गर्दा सोही नीतिको व्यवस्था विपरीत हुने भन्दै प्राधिकरणले मंगलबार सूचना जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो।

साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ुवान वे अप्रोचु हुने भएकाले धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले विमानस्थल निर्माण गर्न पर्यटनमन्त्री सुदन किरातीलाई पत्र पठाएका थिए। पर्यटनमन्त्री किरातीले पनि हतारिँदै धरानमा विमानस्थल बनाउन अध्ययन समिति गठन गरेका थिए।

सोही समितिले अध्ययन पश्चात धरानमा हवाइ यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको तथा विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले विमानस्थल आवश्यक नरहेको निष्कर्ष निकालेको प्राधिकरणले जनाएको छ।