मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित, ऐरी र रोहितको अर्धशतकले काम गरेन

नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित, ऐरी र रोहितको अर्धशतकले काम गरेन

अपि टाइम्स

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो ।

सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो। मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो। अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सक्यो।

नेपाललाई अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो। जसमा १९ औं ओभरमा १५ रन जोडेको थियो। यो ओभरमा दीपेन्द्रसिंह ऐरीले र करण केसीले एक(एक छक्का समेत प्रहार गरे।

२०औं ओभरमा १५ रन चाहिएको बेला पहिलो बलमा ऐरीले नेदरल्यान्ड्सका भान डर मर्वीलाई चौका प्रहार गरे। दोस्रो बलमा ऐरीले छक्का हिर्काए। तेस्रो बलमा दुई रन लिने कोशिस गर्दा करण केसी ११ रनमा रनआउटको सिकार भए। जसका कारण नेपाललाई तीन बलमा चार रन चाहिएको थियो। तर चौथो बलमा दिपेन्द्र बोल्ड हुन पुगे। उनले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६३ रन जोडे।

अन्तिम दुई बलमा चार रन चाहिदा प्रतिश जिसीले रन लिन सकेनन्। अन्तिम बलमा जिसीले एक रन मात्र लिन सक्दा नेपाल पराजित हुन बाध्य भयो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहितको यो छैटौं टी(२० अन्तर्राष्ट्रिय अर्धशतक हो। अर्धशतक प्रार गरे लगत्तै रोहित आउट भए। कुशल मल्ल ११ रन र सन्दीप जोरा ८ रनमै आउट हुँदा सोमपाल कामीले खाता नै खोल्न सकेनन्।

ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भए। नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भए।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यो सिरिजमा बुधबार नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो।

नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रनआउट भएका तेजा निडामानुरुले ३३ रन जोडे।

त्यसअघि ओपनर माइकल लेभिटले ३६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५४ रन जोडे। अर्का ओपनर म्याक्स ओुडाउनद भने ४ रनमा आउट भए।

यस्तै कप्तान स्कट इडवार्ड पनि ३३ रनमा रनआउट भए। उनले १६ बलमा ५ चौका हिर्काए।

बलिङमा नेपालका करण केसी र कुशल मल्लले १(१ विकेट लिए।