मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिटरब्याजपीडित र सरकारबीच फेरि मिलेन कुरा

मिटरब्याजपीडित र सरकारबीच फेरि मिलेन कुरा

अपि टाइम्स

काठमाण्डौ । मिटरब्याजपीडित र सरकारबीच भएको वार्तामा फेरि पनि कुरो मिलेको छैन । हिजो भएको वार्ता निष्कर्षविहीन भएपछि अर्को वार्ताको तयारी छ । अर्को वार्ता कहिले हुन्छ भन्ने पनि टुङ्गो लाग्न सकेको छैन ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई पहिचान गरेको भए पनि समस्या समाधान गर्ने विषयमा गम्भीर हुन नसकेको बताए ।

सरकारले समय तोकेर मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेको, तर आफूहरु माग छिटो सम्बोधन हुनुपर्ने पक्षमा रहेको उनको भनाइ छ ।