मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साम्बाले शुभकामना दिँदै लेखिन् ‘टोलीको गोलमा खुसी मनाउन आतुर छु

साम्बाले शुभकामना दिँदै लेखिन् ‘टोलीको गोलमा खुसी मनाउन आतुर छु

अपि टाइम्स

काठमाडौँ ।साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपअन्तर्गतको फाइनल खेल आज हुँदै छ । आज जोर्डनविरुद्ध उपाधिको लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको हो ।

तर यो खेलमा आज नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा भने हुनेछैनिन् । यहि सन्दर्भमा साम्बले टोलीलाई शुभकामना दिएकी छन् । सामाजिक संजाल फेसबुकमा एक सन्देश लेख्दै साम्बाले बाध्यतावस आफू खेल्न नपाएको कारण लेखेकी छन् । उनले आफूहरुले उपाधि जितेर घर फर्कनेसमेत बताएकी छन् ।
उनले लेखेकी छन् ”देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला ।
वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।
मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनस् एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।
खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।
शुभकामना टिम
हामी सक्छौं, हामी गर्छौं”