मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हात्तीपाईले निवारणमा कपिलवस्तुको लगानी खेर, १५ औँ अभियान पनि फेल

हात्तीपाईले निवारणमा कपिलवस्तुको लगानी खेर, १५ औँ अभियान पनि फेल

अपि टाइम्स

काठमाडौँ । हात्तीपाइले रोगको निवारमा कपिलवस्तु फेरि पनि असफल भएको छ । १५ चरणको अभियान संचालन गरिएको भए पनि अभियानले कपिलवस्तुमा हात्तीपाइले रोगको निवारण गर्न सकेन । हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा फेरि संक्रमण देखिएबाट यस कुराको पुष्टि हुन्छ ।

किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौडाले गत पुस १७ देखि एक हप्ता सम्म जिल्लाको ४ पालिकामा गरेको आईडिए ईनपेक्ट सर्वे पहिलो ) नमुना परिक्षणबाट सो तथ्य बाहिर आएको हो ।

२० बर्ष माथीका उमेर समुहको ब्यक्तिको नमुना रक्त संकलन गरी परिक्षण गरिएका थियो । कपिलवस्तुको महाराजंज र कृष्णनगर नगरपालिका तथा बाणगंगा र शिवराज नगरपालिकामा गरी १ हजार २५८ जनाको नमुना रक्त परिक्षण गर्दा १२ जनामा माईक्रो फाईलेरियाको जिवाणु फेला परेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरसियाले बताए ।
अभियान चलाइएपछि कुनै पनि जिवाणु फेला नपरेको अवस्थालाई मात्र हात्तीपाइले निवारण भएको मानिन्छ । हात्ती पाइले निवारणमा १५ औँ चरणसम्मको अभियानमा अहिलेसम्म राज्यको करोडौँ लगानी भएको छ ।

यसो हुनुको पछाडी निगरानीमा स्वास्थयकर्मीको टोलीले औषधी खुवाउन नसक्नु, अभियानलाई सफल बनाउने गरी नलाग्ने सरकारी कर्मचारीको पारा, औषधीले साइड इफेक्ट गर्छ कि भन्ने चेतना इत्यादिलाई लिइन्छ ।
हात्तीपाइले रोग, यसका असर, यस विरुद्धको औषधि र यो रोग निवारणको बारेमा जनतालाई स्पष्ट जानकारी दिँदै औषधि खानका लागि प्रेरित गर्नुपर्ने चौरासियाले बताए ।

हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्ने र यो सामान्य नै भएकाले नआत्तिन सुझाव दिनुभयो यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने नखान चिकित्सकको आग्रह छ ।

अभियानमा जिल्लाभरबाट ६ सय बढी ११ स्वास्थ्यकर्मी र ११ सय ५ स्वयमसेविका खटिएका थिए । यसो गर्दा अहिलेसम्म खर्चको दर करोड ना३न लागेको छ । तर निवारण हुन सकेको छैन । यसबाट कपिलवस्तुमा हात्तीपाइले रोग निवारण चुनौतिपूर्ण छ भनेर बुझ्न सकिन्छ ।