मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक मोहन न्यौपाने प्यानलमा युवाको बर्चस्व

सार्वजनिक मोहन न्यौपाने प्यानलमा युवाको बर्चस्व

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे नेतृत्वको लागि अध्यक्षका प्रत्यासी मोहन न्यौपानेले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । बिभिन्न ब्यापार र ब्यवसायमा जोडिएका जोशिला युवाहरुलाई समेट्दै न्यौपानेले प्यानल सार्वजनिक गरेका हुन् । शुक्रबार बाणगंगामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको प्यानलाई साझा प्यानल नाम दिइएको छ ।

यसअघि अध्यक्षसहित न्यौपानेसहित एशोसियट उपाध्यक्षमा बुद्धि पौडेल र वस्तुगत उपाध्यक्षमा रनेन्द्र सेनको नाम सार्वजनिक भएको थियो । वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतको किनारा लागेको थिएन ।

सार्वजनिक भएको प्यानलमा बरिष्ठ उपाध्यक्षमा विरेन्द्र खाँण रहेका छन् भने उद्योग उपाध्यक्षमा रबिन्द्र पौडेल, वाणिज्य उपाध्यक्षमा नारायण पौडेल रहेका छन् । यस्तै महिला उपाध्यक्षमा पवित्रा सोमै, महासचिवमा मदन पौडेल, सचिवमा दामोदर पन्थी, कोषाध्यक्षमा धिरज खनाल, सह–कोषाध्यक्षमा कृष्ण प्रसाद गैरे अटाएका छन् । तिन जना महिला सदस्यमा निर्मला पाण्डे अधिकारी, मधु केसी, सकरानी थारु रहेका छन् भने अन्य क्षेत्रगत सदस्यको पनि टुङ्गो लागेको छ ।

बनगाई क्षेत्रगत सदस्यमा यज्ञ भट्टराई(वाणिज्य), सन्तोष सुनार (उद्योग), वोर्डगाउँ क्षेत्र धिरज विष्ट, चारनम्बर क्षेत्रगत सदस्य असिम क्षेत्री, जनक अधिकारी, कोपवा पंकज पाण्डे, ओदारी मदन अर्याल, पटना रामेश्वर थारु, पिपरा नरेन्द्र बस्याल, गजेहडा दण्डपाणी भट्टराई, कृष्ण प्रसाद भट्टराई, बैरिया हुम बहादुर कार्की, एशोसियट सदस्य विष्णु पाठक, जितेन्द्र श्रेष्ठ रहेका छन् । न्यौपाने प्यानलमा धेरै ४० बर्ष मुनिका ब्यवसायी रहेको देखिन्छ ।

न्यौपाने प्यानलको मुख्य एजेण्डा सुरक्षा कोषको बढोत्तरी रहेको देखिन्छ । न्यौपानेले ४० लाखको अक्षय कोषलाई १ करोड पुर्याउने प्रतिवद्धता जनाएका छन् । यसबाट ब्यवसायीको रक्षा गरिने उनले बताए ।

यस्तै संस्थागत सुशासन र आर्थिक पारदर्शीता, वर्तमान आर्थिक संकटबाट संकटमा परेका ब्यवसायीको उत्थान पहिलो प्राथमिकतामा पर्ने न्यौपानेले जनाए । यसअघि गणेश क्षेत्रीे नेतृत्वको प्यानल पनि सार्वजनिक भएको छ । न्यौपाने प्यानल एमाले समर्थित ब्यक्तिको समुह हो भने क्षेत्री प्यानमा काँग्रेस र माओवादीनिकटका ब्यक्ति समावेश छन् । संघको १६ औँ साधारण सभा आठौँ अधिवेशन माघ २३ गते हुँदैछ । संघमा २ हजार बढी सदस्य आवद्ध छन् ।

संघमा अबको नेतृत्व युवाबाट मात्रै सम्भव रहेको हुनाले प्यानलमा युवा समेट्ने आफ्नो योजनामा अग्रजहरुबाट पनि साथ रहेको न्यौपानेले बताए । प्यानल सार्वजनिक कार्यक्रममा संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले जित निश्चित रहेको बताए ।