मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्यापारीले परिवर्तन खोजेका छन्, औलामा गनेर कसैको मत आउँदैनः लक्ष्मण कँडेल

ब्यापारीले परिवर्तन खोजेका छन्, औलामा गनेर कसैको मत आउँदैनः लक्ष्मण कँडेल

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि स्वतन्त्र प्यानलको नेतृत्व गरेका लक्ष्मण कँडेलले ब्यापारी र ब्यवसायीले परिवर्तन खाजेको बताएका छन् ।

अहिलेसम्मको नेतृत्व दलबाट चुनिएकाले उनीहरु ब्यापारी र ब्यवसायीको हितमा कहिल्यै उभिन नसकेको बताउँदै यसपटक अधिकांस ब्यवसायीले परिवर्तनको पक्षमा मत खसाल्ने कँडेलको दावी छ । आफूहरुको स्वतन्त्र उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीहरुलाई तनाव भएको कँडेलले बताए ।

उनले भने ‘अहिले संघमा नैरास्यता छ,४ ५ सय ब्यवसाय किन नविकरण भएनन् ? यसको जवाफ साधारण सभामा माग्छौँ । चार नम्बरमै धेरै ब्यवसाी निरास रहेछन् । यी नेतृत्वबाट साथीहरु हैरान हुनुहुन्छ । त्यसैले यसपटक सबै परिवर्तनको पक्षमा छन्’ ।
कँडेलले यहि निरासाका कारण आफूहरुको उम्मेदवारी रहेको भन्दै जित पनि सुनिश्चित भएको बताए । मत माग्न ब्यवसायीका घर र सटरमा पुग्दा उहाँहरुले दिनुभएको बाचाअनुसार आफूहरुले जित्ने ग्यारेन्टी भएको कँडेलको दावी छ । ‘आफूहरुको उपस्थितिले ब्यापारी उत्साहित भएको भन्दै एमाले, काँग्रेस र माओवादीले मत औँलामा गनेको भरमा मत आउँदैन । हाम्रो माहौल दिनदिनै राम्रो छ । अधिकांस ब्यवसायी हाम्रो पक्षमा देखिनुहुन्छ । हामी चुनाव जित्छौँ ।’, उनले भने

कँडेलको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदको अझै टुङ्गो लागेको छैन । संघको महिला उपाध्यक्षमा सरस्वती सुवेदी, उद्योग उपाध्यक्षमा क्रमश देवीलाल कँडेल र महासचिवमा बुद्धि सागर ‘बेलबासे’ कोषाध्यक्षमा सरोज रेग्मी उम्मेदवार रहने जनाइएको छ ।

माघ २३ गते नोमिनेसन पछि थप नाम सार्वजनिक गर्ने कँडेलले बताए । स्वतन्त्र प्यानल भनिए पनि उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टी निकट ब्यवसायीहरु हुन् । स्वतन्त्रको प्यानल बनेसंगै संघको चुनाव थप रोचक बन्ने बताइएको छ ।