मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल दुर्घटनामा परे मेयर अर्याल, हातमा गहिरो चोट !

मोटरसाइकल दुर्घटनामा परे मेयर अर्याल, हातमा गहिरो चोट !

अपि टाइम्स


काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याल मोटरसाइकल दुर्घटनामा परेका छन् । आइतबार साँझ नीजि कामको लागि हिँड्दै गर्दा मेयर अर्याल अकस्मात् दुर्घटनामा परेका हुन् ।

दुर्घटनापछि सामान्य घाइते रहेका अर्यालको युनाइटेड अस्पतालमा उपचार भएको छ । अस्पताल श्रोतका अनुसार अर्यालको एउटा हातमा गहिरो चोट (फ्याक्चर) लागेको छ ।

आज प्लास्टर गरी पठाइएको र भोलि थप उपचार हुने अस्पताल श्रोत बताउँछ । हातमा चोट लागे पनि अरु त्यस्तो खतरा नभएको अस्पतालले अपिटाइम्सलाई बतायो । दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

उपचारपछि घरमा मेयर अर्याल