काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशनको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने भएका छन् । माघ २३ गते अर्थात् भोलि विहान ११ बजे संघको कार्यलय रहेको प्राङ्गणमा डाक्टर महतले अधिवेशनको उद्घाटन गर्ने छन् ।
संघका महासचिव मनोज पौडेलले साधारण सभामा यसरी पहिलो पटक उच्च पदस्थ ब्यक्ति झिकाइएकोले उद्योगी, ब्यवसायी लगायत सबैलाई उपस्थित हुन आग्रह गरे ।
निकै छोटो समयका लागि अर्थमन्त्री महत जिल्लामा आउन लागेकाले सहभागि भएर कुराहरु सुन्न महासचिव पौडेलको उद्योगी ब्यवसायीलाई आग्रह छ । मन्त्री आएको अवसर पारी संघको तर्फबाट ब्यवसायीका पीर र मर्का राखिने कार्यक्रम रहेको पौडेलले अपिटाइम्समार्फत् बताए ।
अर्थमन्त्री महतसंगै, प्रदेशका मन्त्री, सांसद, मेयर लगायतका जनप्रतिनिधिको पनि सहभागिता हुने पौडेलले बताए । संघका अध्यक्ष डोलकराम घिमिरेले आफ्नो कार्यकाल सफल बनाउन भूमिका निर्वाहा गर्ने सबैलाई धन्यबाद दिँदै अधिवेशनमा सहभागिताको लागि सबैलाई आग्रह गरे ।
साधारण सभामा बार्षिक, आर्थिक र प्रगति, लेखा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र सकिए पछि आगामी नेतृत्वको लागि निर्वाचन प्रकृया सुरु हुने अध्यक्ष घिमिरेले बताए । संघमा करिब २१०० सदस्य आवद्ध छन् ।
प्रतिक्रिया