मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इण्डियन आइडलमा मेनुकाको संघर्ष, १२ सय गीत याद गरेकी थिइन्

इण्डियन आइडलमा मेनुकाको संघर्ष, १२ सय गीत याद गरेकी थिइन्

अपि टाइम्स

काठमाडौँ । नेपालकी चेली मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को उत्कृष्ट १० बाट बाहिरिएकी छन् । आइतबार राति भएको गायनमा उनी सबैभन्दा कम मत ल्याएर आइडलबाट बाहिरिएकी हुन् ।

उनी बाहिरिँदा मञ्च नै आशुले डुवेको थियो । सुरुवातदेखि नै आइडलमा धूम मच्याएकी मेनुकाले कति कठोर संघर्ष गरेकी थिइन् भन्दा उनले याद गरेका गीतबाट थाहा हुन्छ । समाचार श्रोतका अनुसार मेनुकाले बिभिन्न विधाका १२ सय बढी गीतहरु याद गरेकी थिइन् ।

जुनसुकै गीतको गायनमा निर्णयक र दर्शकको मन जितेकी मेनुकालाई आइडलको प्रमुख उपाधि दावेदार मानिएको थियो । पूर्ण दृष्टिविहिन मेनुका आइडलबाट बाहिरिएसंगै नेपाल र भारतका धेरै मानिस दुखि भएका छन् ।