मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग बाणिज्य संघमा ८ जना लायन उम्मेदवार

कपिलवस्तु उद्योग बाणिज्य संघमा ८ जना लायन उम्मेदवार

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघमा लायन्स क्लवको प्रनिधित्व गर्दै ८ जना उम्मेदवार रहने भएका छन् ।
आगामी ३ बर्षे कार्यकालको लागि हुने चुनावमा लायन्स क्लव अफ कपिलवस्तुको तर्फबाट सबैभन्दा ठुलो पदको उम्मेदवार बुद्धि पौडेल छन् ।

उनी एशोसियट उपाध्यक्षमा उम्मेदवार छन् भने नारायण पौडेल बाणिज्य उपाध्यक्षमा उम्मेदवार छन् । यस्तै क्लवबाट नवदत्त घिमिरे महासचिव, दामोदर पन्थी सचिव, धिरज खनाल कोषाध्यक्ष, विष्णु पाठक एशोसियट सदस्य, विकास न्यौपाने वस्तुगत सदस्य, मदन अर्याल क्षेत्रगत सदस्यमा उम्मेदवार छन् ।

उनीहरु एमालेसमर्थित र काँग्रेस, माओवादी प्यानलबाट उम्मेदवार बनेका हुन् ।