मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सञ्जालका ‘विदेशी साथी’लाई आफ्ना महत्त्वपूर्ण विवरण नदिनूः सिआइबी

सामाजिक सञ्जालका ‘विदेशी साथी’लाई आफ्ना महत्त्वपूर्ण विवरण नदिनूः सिआइबी

अपि टाइम्स

काठमाडौँ । सामाजिक संजालमा जोडिएका अपरिचित ‘विदेशी साथी’लाई आफ्ना महत्त्वपूर्ण विवरण र कागजात नदिन प्रहरीले आग्रह गरेको छ । फेसवुक, ह्वाट्स एप, इन्स्टाग्राम र भाईबरमा अपरिचित व्यक्तिले ‘विदेशी नागरिक’को फोटो राखेर भर्चुअल प्रेम गर्ने गरेको भन्दै प्रहरीको साइबर ब्यूरोले त्यस्ता प्रयोगकर्ताप्रति सचेत रहन आग्रह गरेको छ ।

नक्कली आइडी खोलेर कुराकानी गर्ने र प्रेमजालमा पारेर महत्त्वपूर्ण कागजात र बैंक खाताको विवरण लिएर आपराधिक काम हुने गरेको पाइएको भन्दै ब्यूरोले त्यस्ता ‘साथी’ प्रति सचेत रहन भनेको छ । ब्यूरोले विज्ञप्ति जारी गरेर भनेको छ,‘अपरिचित नक्कली प्रेमीको अनुरोधमा आफ्नो नाममा अनलाइनल वालेटहरु तथा विभिन्न बैंकहरुमा खाता खोली अनलाईन बैंकिङको आइडी पासवर्ड उपलब्ध गराउने, एटिएम, कार्ड चेक बुक अन्य देशमा कुरियर गरी पठाउने र आफ्ना नागरिकता स्क्यान गरेर पठाउने र ओटिपी उपलब्ध गराउने काम गरेको पाइएको छ ।’

ब्यूरोले आफ्नो व्यक्तिगत बैंङ्क खाता, नागरिक लगायतका विवरणबाट कुनै अपराधिक कार्य भए गरेको पाइएमा त्यसको जवाफदेही स्वयम् हुनुपर्ने बताएको छ । ब्यूरोले भनेको छ,‘त्यस्ता कार्यहरु नगरी कानूनी झन्झटमा पर्नबाट जोगिनुहुन अनुरोध छ ।’