मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यकाल सकिन लाग्यो लाखौँको हिसाब गायब, उल्टै खबरदार गर्ने पत्रकारलाई धम्की !

कार्यकाल सकिन लाग्यो लाखौँको हिसाब गायब, उल्टै खबरदार गर्ने पत्रकारलाई धम्की !

अपि टाइम्स

काठमाडौँ । विगत ३ बर्षदेखि नेपाल पत्रकार महासंघ कपिलवस्तुको हिसाबकिताब गायब छ । अध्यक्षमा किरणमान बज्राचार्य, सचिवमा जानु पाण्डे, कोषाध्यक्षमा मोहन बेलबासे लगायतको टोली चयन भएपछि अहिलेसम्म हिसाबकिताब गायब गरेको देखिएको छ भने आयब्यवय के भइरहेको छ ? त्यो पनि थाहा छैन ।

साधारण सभा हुन नसक्नुको प्रमुख कारण पदाधिकारीकै आपसी मतभेद, समयमा लेखापरीक्षण हुन नसक्नु,भवन निर्माणमा किचलो लगायत छन् । महासंघले स्थानीय तह लगायतबाट बिभिन्न कार्यक्रममको नाममा बर्षेनी लाखौँ रुपैयाँ जम्मा गर्ने गरेको छ ।

निर्माण भइरहेका महासंघका भवनमाथि भएको राज्यको लाखौँ लगानीको कुनै अत्तोपत्तो छैन । बाणगंगा लगायतमा बनेका भवनहरु अलपत्र छन् । भवन निर्माणको नाममा बिभिन्न स्थानबाट लिइएको पैसाको पनि कुनै पार्दर्शिता देखिदैन । महासंघमा यस्तो खाले बेथिति देखिएपछि यसमाथि धेरै पत्रकारले नै प्रश्न गरिरहेको अवस्था छ । बर्षबर्षमा गर्ने साधारण सभा गर्न नसकेर टोली असफल भएको भन्दै केहि पूर्वअध्यक्ष पनि महासंघको नै बदनाम गर्न लागेको भन्दै यो टोलीसंग रुष्ट छन् ।

समयमा साधारण सभा गरेन भनेर समाचार आउँदा झस्कने महासंघ अरु समयमा भने सुत्ने गरेको छ । यस्तो अवस्थामा गुर्जेको कार्यसमितिको ३ बर्ष कार्यकाल सकिन लाग्दासमेत अझै साधारण सभा गर्ने सुरसार छैन । धेरै पत्रकारले साधारण सभाको माग गरेका छन् । गत कार्तिकमा समाचार आउँदा हिसाब दुरुस्त छ भन्ने महासंघले अहिलेसम्म कुनै कुरा प्रष्टसंग सदस्यसंग राख्न सकेको छैन ।

तर यहि विषयमाथि महासंघका सदस्यले नै प्रश्न उठाउँदा भने अभिब्यक्ति स्वतन्त्रताको हनन् हुने गरी अंकुश लगाउन महासंघ बारम्बार उद्धत छ ।

गत माघ १४ गते महासंघले बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई गर्यो । त्यसपछि अपिटाइम्सले खबरदारी गर्दा उल्टै कारबाही गर्ने धम्की दिएको छ ।

डेढ लाखमा सार्वजनिक सुनुवाईको सम्झ्यौता गरेर महासंघले बाणगंगामा गरेको कार्यक्रममा ३० हजार रुपैयाँ पनि खर्च गरेको नदेखिएपछि अपिटाइम्सले समाचार लेखेको थियो । मिडियामा कुरा आएको यति समय हुँदासम्म पनि महासंघले अहिलेसम्म खर्चको शीर्षक पनि प्रस्तुत गरेको छैन । डेढ लाखमा एउटा कार्यक्रम नभएर २ वटा सार्वजनिक सुनुवाई रहेको प्रष्टिकरण दिएको महासंघले सिद्धार्थ क्याम्पसको सार्वजनिक सुनुवाईमा ७५ हजार कसरी खर्च गर्यो यो पनि प्रश्न छ । समाचार बाहिरिएपछि महासंघका सदस्यले विवरण प्रस्तुत गर्न माग गरेका छन् ।

यहि सार्वजनिक सुनुवाईको विषयमा अपिटाइम्समार्फत् भ्रामक समाचार आएको भन्दै महासंघले विज्ञप्ती नै निकाल्यो ।

के छ विज्ञप्तीमा ?
नेपाल पत्रकार महासङ्घ कपिलवस्तु जिल्ला शाखाको प्राविधिक सहयोगमा बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमको विषयमा अपिटाईम्स अनलाइनमा माघ २३ गते प्रकाशन भएको ‘बाणगंगाको सार्वजनिक सुनुवाइ कसरी भयो डेढ लाख खर्च रु’ भन्ने समाचारमा अनलाइनका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेले पत्रकार महासङ्घको बदनाम गराउने गरी मिथ्या समाचार प्रकाशन गरिएको हुदा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार तथ्यमा आधारित नभएको र महासङ्घ र महासङ्घको समितिको बदनाम गराउने उद्देश्यले अतिरञ्जक गरिएको हाम्रो ठहर रहेको छ । समाचारमा ७० जना उपस्थिति रहेको, फर्जी विल बनाएर रकम झ्वाम्म पार्ने जस्ता निराधार आरोप लगाइएको छ । शाखाको साधारण सदस्य भएर पनि संस्थाको मर्यादा, विधान तथा पत्रकार आचार संहिता विपरीत पटक पटक समाचार प्रकाशन भएको देखिएको छ ।
प्रकाशन भएका समाचारमा पत्रकार आचारसंहिता २०७३ ९पहिलो संशोधन २०७६० अनुसार समाचारमा सत्य तथ्य, सन्तुलित सूचना प्रयोग नभएको , पेसागत मर्यादा तथा व्यवहार कायम नभएको, मनगढन्ते विचार प्रकट भएको देखिएकोले यस्ता घटना नदोहोराउनका लागि ध्यानाकर्षण गरिएको छ । साथै आचारसंहिता विपरीत कार्य गरेकोले नेपाल पत्रकार महासङ्घ विधान २०६० (पांचौ संशोधन २०७५० अनुसार कारबाही गर्न केन्द्रीय कार्यालयमा सिफारिस गरिने छ । जिल्लाका सार्वजनिक सुनुवाईहरुको एकद्धार प्रणाली मार्फत महासंघले सहजीकरण गर्दै आएको र बाणगंगा को हकमा सवै रेडियो पत्रपत्रिका, बाणगंगा नगरपालिका , विभिन्न सामाजिक संन्जालबाट समेत सुचना जारी गरि महासंघ ले प्राविधिक सहयोग गरि आयोजना गरेको विषयमा निराधार समाचार लेखेको महासंघको ठहर छ ।