मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरदैलोपछि क्षेत्री प्यानलको निष्कर्षः चुनाव जित्छौँ, पदाधिकारीमा बर्चस्व हुन्छ

घरदैलोपछि क्षेत्री प्यानलको निष्कर्षः चुनाव जित्छौँ, पदाधिकारीमा बर्चस्व हुन्छ

अपि टाइम्स

काठमाण्डौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि माघ २७ गते अर्थात् भोलि हुने चुनावको लागि घरदैलो सकेपछि गणशे क्षेत्रीको साझा प्यानलले चुनाव जित्ने निष्कर्ष निकालेको छ ।

चुनावसम्मको गतिविधिलाई मुल्यांकन गर्दा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका महत्वपूर्ण पदसंगै प्यानलका अधिकांस पदाधिकारी र सदस्यले चुनाव जित्ने गठबन्धनले निष्कर्ष निकालेको हो ।

गठबन्धनका एक जना चुनावी नेताका अनुसार चुनाव जित्ने बिभिन्न कारण छन् । अध्यक्षमा गणेश बहादुर क्षेत्री र वरिष्ठ उपाध्यक्षमा हुमानाथ पौडेल र महासचिवमा नवदत्त घिमिरेको जित निश्चित भइसकेको छ, ती नेता भन्छन् ‘अरु उपाध्यक्ष लगायतका पदमा पनि बर्चस्व कायम गछौँ ।’

केहि कारण

चुनावको प्रचारको निष्कर्षः चुनावको लागि घरदैलो सकेको बताउँदै क्षेत्री प्यानलका ती नेताले भने ‘घरदैलोमा जाँदा संघको हितमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार विपक्षी प्यानलकाभन्दा पाका र अनुभवी रहेको अधिकांस ब्यवसायीले बताए । विपक्षी प्यानलले क्षेत्रीलाई टक्कर दिनसक्ने उम्मेदवार उठाउन नसक्नुको कारण पनि क्षेत्री र पौडेलको जितको कारण हो ।’

‘स्थापना कालदेखि नै दुवै उम्मेदवार संघमा आवद्ध रहेको, अध्यक्षका उम्मेदवार क्षेत्री स्थापना कालदेखि नै संघमा जोडिएर उपाध्यक्ष र सल्लाहाकार भइसकेको, पौडेल दुईदुईपटक र उद्योग र बाणिज्य उपाध्यक्ष भइसकेको हुनाले ब्यवसायीबीच राम्रो सम्बन्ध रहेकाले जित्ने अनुमान गर्न सकिन्छ’, ती नेता भन्छन् ।

अर्को जितको आधार भनेको गठबन्धन रहेको बुझ्न सकिन्छ । ४ नम्बर क्षेत्रमै वडा अध्यक्षसमेत भइसकेका हुनाले क्षेत्रीलाई धेरैले विश्वास गर्ने वातावरण बनेको बताइन्छ । काँग्रेस, माओवादी, समाजबादी, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुको मत प्रभावित क्षेत्र पनि उद्योग बाणिज्य संघको मातहतको क्षेत्र रहेको हुनाले जित हासिल गर्ने निश्चित रहेको बताइन्छ । क्षेत्रीले आफ्नो प्रतिस्पर्धी न्यौपाने आफ्नो प्यारो भाइ रहेको बताउँदै सफलताको शुभकामना दिए ।

अध्यक्षका प्रत्यासी क्षेत्रीले करिब १२ सय बढी मत हासिल गरेर चुनाव जित्ने बताइन्छ । वरिष्ठ उपाध्यक्षका पौडेलले भने जिते पनि झिनो मतान्तरमा जित्ने समाचार श्रोत बताउँछ । वरिष्ठ उपाध्यक्षमा न्यौपाने प्यानलबाट वीरेन्द्र खाँण उम्मेदवार छन् । ‘महासचिव पदका उम्मेदवार घिमिरे त्यस क्षेत्रकै पाका, शालिन र ब्यवसायिक दक्षता भएका हुनाले सजिलै जित्ने अनुमान गरेका छौँ’ ती नेताले भने, विपक्षी प्यानलका महासचिवमा उठेका भाई मदन पौडेललाई पनि सफलताको शुभकामना ।

क्षेत्रीले पनि चुनाव जितेमा संघलाई नयाँ उचाई दिने बताउँदै आएका छन् । यता एमालेसमर्थित प्यानलका मोहन न्यौपाने र स्वतन्त्र प्यानलका लक्ष्मण कँडेलले पनि चुनाव जित्ने दावी गरेका छन् । न्यौपानेले पनि गठबन्धनलाई तोड्दै जित हासिल गर्ने बताउँछन् । झिनो मतान्तरमा भए पनि आफू र अधिकांस आफ्ना उम्मेदवारले जित्ने न्यौपानेको दावी छ ।

यता सरोकारवालाले यसपटक चुनाव पेचिलो र उस्तै प्रतिस्पर्धी हुने बताउँछन् । सरोकारवालासंग बुझ्दा अध्यक्षमा क्षेत्रीको सम्भावना बढी भए पनि वरिष्ठ उपाध्यक्ष लगायतका पदमा गठबन्धनले भनेजस्तो परिणाम नआउने र मिश्रित परिणाम आउन सक्ने उनीहरु बताउँछन् । यसपटक पार्टीले हिसाब गरे अनुसार कसैको पनि प्यानलकै जित नहुने ब्यवसायीकै भनाई छ ।