मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणिज्य संघको चुनावमा अत्यधिक मत क्रस, नतिजाबारे सबै अन्यौल !

वाणिज्य संघको चुनावमा अत्यधिक मत क्रस, नतिजाबारे सबै अन्यौल !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको चुनावमा अत्यधिक मत क्रस भएको छ । शनिबार सम्पन्न मतदानमा भाग लिएका र मतदान स्थलमा सहभागि भएका ब्यक्तिहरुको भनाई अनुसार मत क्रस भएको छ ।

चौरमा जम्मा भएका बिभिन्न प्रकृतिका करिब १५ ग्रुपसंग अपिटाइम्सले सुक्ष्म रुपमा बुझ्ने र विश्लेषण गर्ने गरेको थियो । त्यसमा धेरैले प्यानलमा मत खसालेको देखिदैन । त्यो भनेको संघका बिभिन्न पदमा मिश्रित नतिजा आउन सक्छ । यसपटक अध्यक्षदेखि सदस्यसम्मै अकल्पनीय नतिजा आउन सक्ने आंकलन गर्न सकिन्छ ।

राजनीतिमा वितृष्णा रहेका ब्यक्तिले त मत क्रस गरेको देखियो भने अघिपछि पार्टीको चुनाव लाग्ने ब्यवसायीले पनि यसपटक मत क्रस गरेका छन् । त्यसैले चुनावी नतिजाबारे सबै अनविज्ञ छन् । मत क्रसको यो स्थिति देखिएपछि औलामा मत गनेर जित हारको फैसला गर्ने पार्टीका नेता पनि छक्क परेको देखियो । यसरी मत क्रस भएर कुनै समुहको प्यानल नआउनुलाई धेरै ब्यवसायीले संघ बन्ने बाटोको रुपमा हेरेका छन् ।

सोझो हिसाबमा अध्यक्षमा गठबन्धन प्यानलका गणेश बहादुर क्षेत्री र उहाँको प्यानल नै आउनु पर्ने हो तर मतदाताको मनोभावना बुझ्दा एमाले समर्थित प्यानलका मोहन न्यौपाने पनि अध्यक्षमा आउन सक्ने आंकलन गर्न सकिन्छ ।
यदि क्षत्रीले जित हासिल गरे भने ५० देखि ७० र न्यौपानेले जित हासिल गरे भने २० देखि ३० मतको अन्तरले नतिजा आउन सक्ने सहभागिको आंकलन छ ।

मतक्रस हुँदा झिनो अन्तरमा भए पनि न्यौपाने आउने हुन् कि भन्ने ब्यवसायीको आशा छ । तथापि अध्यक्षमा बढी सम्भावनामा क्षेत्री देखिन्छन् भने दोश्रोमा न्यौपाने र तेश्रोमा स्वतन्त्त प्यानलका लक्ष्मण कँडेल रहन सक्नेछन् । अध्यक्ष बाहेकका पदमा पनि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । मत क्रसमा धेरै गठबन्धनका मतदाता छन् भने एमालेमा पनि मत क्रस देखिन्छ ।

चुनावको अर्को रोचक पक्ष भनेको दलबाट असन्तुष्ट ब्यक्तिले जात र क्षेत्रको हिसाबले पनि मत खसालेको देखिन्छ । घिमिरेले घिमिरे, पौडेलले पौडेल, मगरले मगर लगायतलाई पनि मत खसालेको देखिन्छ । चुनावमा सहभागि एक जनाले सबै पार्टीको खोल ओढ्ने उम्मेदवार रहेकोले आफ्नो थर पौडेललाई मत खसालेको बताए । मतगणना साझ ७ बजेपछि हुने निर्वाचन समितिले जनाएको छ । नतिजा आइतबार विहानसम्म आउने छ ।