मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारी मतान्तरमा विजयी हुने लोकप्रिय ‘नारायण’

भारी मतान्तरमा विजयी हुने लोकप्रिय ‘नारायण’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि चुनाव हुँदै गर्दा अन्तिम समयमा आएर काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस, राप्रपाको गठबन्धन बन्यो । संघको चुनावमा एक्लै भीँडेको एमालेले यस गठबन्धनलाई महा-गठबन्धनको संज्ञा दिएको थियो ।

संघको चुनावमा अध्यक्ष लगायतका पदमा जित हासिल गर्ने कुरा एमालेलाई कठिन थियो नै तर प्रतिस्पर्धा गज्जब र प्रतिस्पर्धात्मक हुन्छ भन्नेमा उनीहरु आशाबादी थिए । नभन्दै शनिबार भएको चुनावको आइतबार अन्तिम नतिजा घोषणा हुँदा यस्तै भयो । अध्यक्षमा एमालेले भनेको महागठबन्धनका गणेश बहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्षमा हुमानाथ पौडेल र महासचिव पदमा नवदत्त घिमिरे विजयी हुँदा उपाध्यक्ष लगायतका महत्वपूर्ण पदमा एमालेबाट पनि केहि उम्मेदवार विजयी भए ।

तीमध्ये एमालेले जितेको संघको सबैभन्दा ठुलो पद भनेको बाणिज्य उपाध्यक्ष हो । यसमा महागठबन्धनलाई चकित पार्दै एमालेका नारायण पौडेल विजयी भए । उनले हासिल गरेको मत संघको चुनावमा सबैभन्दा बढी हो । सर्वाधिक लोकप्रिय मतसहित पौडेल विजयी भए ।

पोडेलले १२ सय २० मत हासिल गर्दा प्रतिद्वन्दी गठबन्धनका घनश्याम अधिकारीले जम्मा ६६३ मत मात्र प्राप्त गरे । अर्थात् ५५७ मतान्तरमा पौडेलले महागठबन्धनका अधिकारीलाई हराए । उनको यो जितलाई एमालेले गठबन्धनमाथिको झापड मानेको छ भने कतिपय एमाले नेताले जितकै रुपमा लिएका छन् ।

यता नवनिर्वाचित पौडेलले यस विषयलाई ठुलो रुपमा नलिन आग्रह गरे । यो जितपछि आफुलाई थप जिम्मेवारी बोध भएको उनले प्रतिक्रिया दिए । निर्वाचनको विशेषता हारजितलाई मनमा राखेर चुनाव लडेको तर ब्यवसायीबाट यस्तो माया पाउँछु भन्ने आंकलन नगरेको बताउँदै पौडेलले यो मतलाई कहिल्यै पनि अपमान नगर्ने बताए । आफू सदैव ब्यवसायीको हितमा रहने उनले बताएका छन् ।

अटो ब्यवसायी पौडेल बिभिन्न पेशा र ब्यवसायमा आवद्ध छन् । उसो त पौडेलको सर्वाधिक मत आउने आंकलन गरिएको थियो तर गठबन्धनमाथि यो अन्तरको जितको अपेक्षा कसैले गरेका थिएनन् ।

पोडेललेको यो चुनावी नतिजाले उनी ब्यवसायीमाझ कति प्रिय रहेछन् भन्ने कुराको पुष्टि गर्दछ । पौडेलसंगै कोषाध्यक्ष, सहकोषध्यक्ष र सचिव पदमा पनि एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्ष जित्ने सपना पुरा नभए पनि यस नतिजाले एमालेलाई केहि उत्साहित भने बनाएको छ ।