मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैङ्कर्स एशोसियसन बुर्तिवाङको अध्यक्षमा पौडेल

बैङ्कर्स एशोसियसन बुर्तिवाङको अध्यक्षमा पौडेल

अपि टाइम्स

काठमाडौँ । बाग्लुङको बुर्तिवाङमा शाखा कार्यालय रहेका बैङ्कहरुको साझा संस्था बैङ्कर्स एसोसियसन अफ बुर्तिवाङको अध्यक्षमा प्रेम पौडेल सर्वसम्मत चयन भएका छन् ।

शनिबार भएको बैठकले शाइन रेसुङ्गा बैङ्कको बुर्तिवाङ शाखाका प्रमुख पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पौडेल विगत एकदशक अघिबाट वित्तिय क्षेत्रमा कार्यरत छन् ।

निसीखोलाको झिवाखोला घर भएका पौडेलले सबैलाई धन्यबाद दिँदै संस्थालाई थप गतिशिल बनाउने बताए । उनले संस्थामार्फत् थप सामाजिक र मानवीय कार्य गरिने बताए ।
बैठकसंगै शनिबार बनभोज पनि भएको थियो ।