मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्ल्ड क्रिकेट लिग टुः नामिबियासँग हार्यो नेपाल

अपि टाइम्स

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग टूको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित भएको छ ।

बिहीबार कीर्तिपुर मैदानमा नामिबियासँग पराजित हुँदै नेपालले डब्लूसीएल लिग टूको यात्रा प्रारम्भ गरेको हो ।

घरेलु टोलीको ब्याटिङ लाईन फ्लप भएको खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । लक्ष्य सामान्य भएकाले नेपाली बलरले नामिबियालाई खेलमा दबाबमा राख्न सकेनन् ।

जान फ्राइलिन्कले ३४ रन बनाएको इनिङ्समा जान निकोलले ३१ रनको योगदान दिए । माइकल वेन लिन्गनले २३ रन बनाए । जोनाथन स्मिथ १७ रनमा नटआउट रहदाँ निकोलस डाभिनले १५ रन बनाए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन भने सकेन ।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ तथा ललित राजवंशीले २ विकेट हात पारे । रोहित पौडेलले एक विकेट हात पारे ।

कीर्तिपुर मैदानमा सुरुवातमा ब्याटिङ गरेको नेपाल १ सय ३२ रनका अलआउट भएको थियो । भिम सार्कीले ४४ रन बनाएको इनिङ्समा गुलसन झाले २१ रनको पाली खेलेका थिए । करन केसी १६, कुशल मल्ल १५ र पवन सरार्फले १२ रन बनाए ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको पछि नेपाली टिम दबाबमा आएको थियो । ओपनर कुशल भुर्तेललाई पहिलो बलमै गुमाएको नेपालका आशिफ शेख ४, अनिल साह ८ र रोहित पौडेल १ रनमा आउट भएका थिए । सोमपाल कामी २ रनमा पेविलियन फर्किए ।

नेपाललाई सस्तैमा समेट्न जेहार्ड इरास्मसले ५ विकेट लिए । रुबेन ट्रम्पेलमेन र याक ब्रोसेलले समान २ विकेट हात पार्द जान निकोलले एक विकेट चट्काए ।

लिग टूको तालिकामा नामिबियाले सुरुवाती अंक जोडेको छ । नेपालले घरेलु मैदानमा लिग टू अन्तर्गत नामिबिया र नेदरल्याण्ड्ससँग दुई दुई म्याच खेल्नेछ ।

लिग टू एसोसियट देशले खेल्ने माथिल्लो स्तरको आईसीसीको कार्यक्रम हो । यो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप पुग्ने एसोसियट देशका लागि एक बाटो हो । नामिबियासँग नेपालको हार

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग टूको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित भएको छ ।

बिहीबार कीर्तिपुर मैदानमा नामिबियासँग पराजित हुँदै नेपालले डब्लूसीएल लिग टूको यात्रा प्रारम्भ गरेको हो ।

घरेलु टोलीको ब्याटिङ लाईन फ्लप भएको खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । लक्ष्य सामान्य भएकाले नेपाली बलरले नामिबियालाई खेलमा दबाबमा राख्न सकेनन् ।

जान फ्राइलिन्कले ३४ रन बनाएको इनिङ्समा जान निकोलले ३१ रनको योगदान दिए । माइकल वेन लिन्गनले २३ रन बनाए । जोनाथन स्मिथ १७ रनमा नटआउट रहदाँ निकोलस डाभिनले १५ रन बनाए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन भने सकेन ।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ तथा ललित राजवंशीले २ विकेट हात पारे । रोहित पौडेलले एक विकेट हात पारे ।

कीर्तिपुर मैदानमा सुरुवातमा ब्याटिङ गरेको नेपाल १ सय ३२ रनका अलआउट भएको थियो । भिम सार्कीले ४४ रन बनाएको इनिङ्समा गुलसन झाले २१ रनको पाली खेलेका थिए । करन केसी १६, कुशल मल्ल १५ र पवन सरार्फले १२ रन बनाए ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको पछि नेपाली टिम दबाबमा आएको थियो । ओपनर कुशल भुर्तेललाई पहिलो बलमै गुमाएको नेपालका आशिफ शेख ४, अनिल साह ८ र रोहित पौडेल १ रनमा आउट भएका थिए । सोमपाल कामी २ रनमा पेविलियन फर्किए ।

नेपाललाई सस्तैमा समेट्न जेहार्ड इरास्मसले ५ विकेट लिए । रुबेन ट्रम्पेलमेन र याक ब्रोसेलले समान २ विकेट हात पार्द जान निकोलले एक विकेट चट्काए ।

लिग टूको तालिकामा नामिबियाले सुरुवाती अंक जोडेको छ । नेपालले घरेलु मैदानमा लिग टू अन्तर्गत नामिबिया र नेदरल्याण्ड्ससँग दुई दुई म्याच खेल्नेछ ।

लिग टू एसोसियट देशले खेल्ने माथिल्लो स्तरको आईसीसीको कार्यक्रम हो । यो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप पुग्ने एसोसियट देशका लागि एक बाटो हो ।