मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ बर्ष मुनिको महिला राष्ट्रिय टिममा परिन् कपिलवस्तुकी पुर्णिमा

१६ बर्ष मुनिको महिला राष्ट्रिय टिममा परिन् कपिलवस्तुकी पुर्णिमा

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुबाट फुटवल खेलिरहेकी पुर्णिमा थारु पहिलोपटक राष्ट्रिय टिममा परेकी छन् । कपिलवस्तुको प्रतिनिधित्व गर्दै थारु १६ बर्ष मुनिको महिला राष्ट्रिय टिममा पर्न सफल भएकी अखिल नेपाल फुटवल एशोसियसनले जनाएको छ । एशोसियसनले सार्वजनिक गरेको खेलाडीको अन्तिम नामावलीमा थारुको नाम २३ औँ नम्बरमा राखेको छ । थारु फरवार्डको भूमिकामा खेल खेल्ने छिन् ।

जिल्लाबाट पहिलोपटक थारु राष्ट्रिय टिममा पर्नु गौरवको कुरा रहेको भन्दै फुटबल संघका जिल्ला अध्यक्ष तिलक थापाले बधाई दिएका छन् । आफूले थारुको खेल नजिकबाट नियालिरहेको भन्दै उनमा धेरै सम्भावना रहेको थापाले बताए । कपिलवस्तुले पहिलोपटक यो उपलब्धि हासिल गरेको थापाको भनाई छ । राष्ट्रिय टिममा परेपछि थारुले पनि खुसी ब्यक्त गरेकी छन् ।