मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा अध्यक्ष पौडेलले भने ‘बाणगंगामा गाईको नभई मानिसको आतँक छ’

वडा अध्यक्ष पौडेलले भने ‘बाणगंगामा गाईको नभई मानिसको आतँक छ’

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक वडा अध्यक्षले नगरमा गाईगोरुको आतंक नभएर मानिसको आतंक रहेको कुरा बताएका छन् ।

सामाजिक संजालमा छाडागाईगोरुले किसानदेखि ब्यापारी आतंकित रहेको अवस्थामा वडा नम्बर २ का वडा अध्यक्ष तथा नगरको छाडा गाईगोरु ब्यवस्थापन समितिका संयोजक समेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

उनले यस्तो किन भने त्यो थाहा छैन तर उनको लेखाई अनुसार पौडेलले जनताबाट असहयोग रहेको कुराको अर्थमा त्यो भनेको बुझ्न सकिन्छ । वडावडामा गौशाला बनाए पनि तारबार तोडेर थुनेका गाईगोरु भगाउन स्थानीय नै लागेकोमा पौडेल रिसाएका उनको प्रतिक्रियाबाट बुझ्न सकिन्छ ।

शनिबार पौडेलकै वडामा ब्यापार गर्ने ब्यवसायी कृष्ण प्रसाद गैरेले पिपरामा गाई आतंक भनेर सामाजिक संजालमा फोटो सार्वजनिक गरे । त्यहाँ धेरै प्रतिक्रिया छन् । ती प्रतिक्रियामध्ये वडाअध्यक्ष पाडेलको प्रतिक्रिया पनि छ । पौडेलको प्रतिक्रियामा नगरमा गाईको आतंक नभएर मानिसको आतंक रहेको कुरा उल्लेख छ ।
गैरेको पोष्टमा यस्तो थियो पौडेलको प्रतिक्रिया

‘गाईकोआतंक हैन, यो मानिसको आतँक हो किनभने रातको समयमा तार खोलिदिने काम हामीमध्ये बाट नै भएको छ। तारबारभित्र गाई ब्यबस्थापन गर्दा कसको के हानि नोक्सानी भएको छ र ? एक दुई पटकको लागि सचेत गराइएको छ। पुन सोही कार्य दोहोराएमा तार काट्नु हुन तगालो खोलिदिने महान दाजुभाइ दिदीबहिनी सबै गाई पाल्नको लागि तयार हुनुहोला सबै गाइहरु तपाईको जिम्मा लगाउन हामी बाध्य हुने छौ।’