मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरियन भाषा कक्षा पढ्नेलाई १ लाखको छात्रवृत्ति दिने बञ्जाडेको घोषणा

कोरियन भाषा कक्षा पढ्नेलाई १ लाखको छात्रवृत्ति दिने बञ्जाडेको घोषणा

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ जितपुरमा भाषा कक्षा तथा बिभिन्न कोर्षहरु अध्यापन गराइरहेको ‘माउण्ट एभरेष्ट एजुकेश्नल जोन’ ले कोरियन भाषा कक्षामा १ लाख सम्मको छात्रवृत्ति दिने जनाएको छ ।

भाषा कक्षाका नयाँ कक्षाहरु फेरि सुरु हुन लागेकोले समयमा भर्ना हुनेहरुमध्येबाट केहिले मात्र यो छात्रवृत्ति पाउने संस्थाका प्रबन्ध निर्देशक माधव बञ्जाडेले बताए ।

उनले अपिटाइम्समार्फत् भनेका छन् ‘कपिलवस्तुमा सबै हुन खाने र पैसावाल विद्यार्थी मात्र छैनन् । यहाँ सामान्य परिवारका मानिस पनि छन् । कतिपयलाई भाषा कक्षा पढ्न थोरैथोरै भए पनि सहुलियत चाहिएको छ । त्यो बुझेर यसपटक छात्रवृत्तिको सोच बनाएको छु ।’

यो छात्रवृत्तिको लागि सिमित कोटा निर्धारण गरिएकोले संस्थामा सम्पर्क गर्न बञ्जाडेले आग्रह गरे । माउण्ट एभरेष्टले ब्रिज कोर्ष, लोक सेवा, शिक्षक सेवा आयोगका कक्षा अध्यापन गराउने गर्दछ भने जापानीज र कोरियन भाषा कक्षामा पनि अहिले अग्र स्थानमा छ ।

बञ्जाडेले आयल्स, टफल्स र पिटिईका कक्षा लिन चाहाने विद्यार्थीले पनि सम्पर्क गर्न सक्ने बताए ।