मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु नगरपालिकामा गाडेको अवस्थामा शव फेला

कपिलवस्तु नगरपालिकामा गाडेको अवस्थामा शव फेला

अपि टाइम्स

तौलिहवा । कपिलवस्तु नगरपालिकामा वेवारिसे शव फेला फरेको छ । नगरपालिकाको वडा नम्बर ४ पिपरीस्थित खेतमा गाडेको अवस्थामा शव फेला परेको घटनास्थलमा पुगेका पत्रकार गुलाम अलीले अपिटाइम्सलाई बताए । उनका अनुसार शव रहेको थाहा भएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

खेतको बीचमा रहेको कुलोजस्तो भागमा खनेर शव गाडेको देखिन्छ । स्थानीयले शव रहेको आसंका गरेपछि प्रहरीको टोली त्यहाँ पुगेर खन्ने काम सुरु गरेको थियो । तर रात परेपछि अहिले शव निकाल्ने काम स्थगित गरिएको पत्रकार अलीले बताए ।

सुरुमा शंकास्पदजस्तो देखिए पनि पछि मान्छेको हात नै देखिएपछि शव रहेको पुष्टि भएको पत्रकार अलीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण भोलिमात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय तौलिहवाप्रहरीको भनाई छ । शव फेला परेपछि घटनास्थलमा स्थानीयको भीँड पनि बढेको थियो ।